२०८१ वैशाख १४ गते | 26th of April 2024

श्रीपशुपतिनाथ फाउन्डेशनद्दारा प्रकाशित आफ्नै निर्माण ईतिहासको पुस्तक बिमोचन हुंदै

खुल्लामन्च
 प्रकाशित: २०७९ मंसिर ६ गते १८:३३

लस एन्जलस – श्रीपशुपतीनाथ फाउन्डेशन अमेरिका, लस एन्जलसले सात समुद्र पारीको देश अमेरिकामा स्थापित मन्दिर, सामुदायिक अभियान र गौरव निर्माणमा झेलेका, भोगेका ऐतिहासिक क्षण एवम फाउण्डेशन आजको स्थितिसम्म आईपुगेको कोशेढुंगाको ईतिहासलाई समिटर तयार पारीएको पुस्तक(दस्तावेज) विमोचनको कार्यक्रम राखेको छ ।

‘महत्वपूर्ण यात्रा – श्रीपशुपतीनाथ तथा बुद्ध मन्दिरको ईतिहास ‘‘Momentous Journey : A Brief History of Shree Pashupatinath & Buddha Mandir’ शिर्षकको पुस्तक संस्थाकै भवन नर्वाक, क्यालिफोर्नियामा भोली सांझ ७:०० बजे विमोचन कार्यक्रम हुने संस्थाले जनाएको छ । प्रवासी नेपालीको गौरव, संसारभर रहेका शुभेच्छुकहरुको दान, कर्मयोगीहरुको मेहनत र सामुदायिक सहभागीताको ईतिहासले निर्मित संस्था निर्माणमा भोगिएका उतार्-चढाव र बलियो संस्था बन्न कस्सिएका ईट्टाहरुको योगदान समेटिएको पुस्तक विमोचन कार्यक्रममा उपस्थित हुन संस्थाका अध्यक्ष मुकुन्द ढुंगानाले आग्रह गरेका छन ।