२०८१ वैशाख १४ गते | 26th of April 2024

चर्चित सांगितिक समुह ‘सुरसुधा’ : नोभेम्बर २६मा लस एन्जलसमा कार्यक्रम गर्दै

खुल्लामन्च
 प्रकाशित: २०७९ मंसिर ६ गते २०:१४

लस एन्जलस – नेपालको चर्चित सांगितिक समुह सुरसुधाले मनोरन्जनको सांसारिक शहर लस एन्जलसमा आफ्नो सांगितिक प्रस्तुती गर्दैछ । शास्त्रीय संगीत, लोक धुन र सांस्कृतिक संगीतलाई कर्मा बनाएको यो चर्चित समुहले संसारकै धनीहरुको बसोबास हुने क्यालिफोर्निया राज्यको बेवर्ली हिल्सको भब्य थियटरमा सांगितिक कार्यक्रम आयोजना हुंदैछ । 

आगामी नोभेम्बर २६ तारिख, शनिवार सांझ ७:३० बजेदेखी आयोजना हुने उक्त भब्य कार्यक्रममा बिद्धार्थीको लागि २५।०० डलर र अन्य ३५।००, ५०।०० र १००।०० डलरको टिकट दर राखिएको छ । कार्यक्रममा पार्किङ्गको ब्यवस्था नि:शुल्क छ ।

टिकटको लागि संपर्क ब्यक्तीहरु :
निरा अर्याल,
मुकुन्द ढुंगाना,
रीना गौचन,
अनुप रिमाल,
देवेन पाण्डे,
सुनिता चौधरी,
दर्शन पाण्डे तथा
स्थानिया व्यक्तित्वहरु ।

See the source image

Fine Arts Theatre, 8556 Wishire Blvd, Califronia ठेगानामा आयोजना हुने कार्यक्रमलाई भव्य बनाउन आयोजकहरुले उपस्थितीको लागि अनुरोध गरेको छन ।