२०८१ वैशाख ८ गते | 20th of April 2024

‘कन्सुलर सेवा’ बाट लस एन्जलसमा १८१ जना लाभान्वित, सामुदायिक सेवाको श्रेयस्कर अभियान अब सान-फ्रान्सिस्कोमा

खुल्लामन्च
 प्रकाशित: २०७९ मंसिर १० गते १:४६

लस एन्जलस – नेपाली दुतावास, अमेरिकाद्दारा लस एन्जलसमा आयोजना गरिएको ‘कन्सुलर सेवा’बाट १८१ जना नेपालीहरुले सेवा लिएका छन । महावाणिज्य दुतावास क्यालिफोर्निया, एनआरएन अमेरिका क्यालिफोर्निया च्याप्टर, श्रीपशुपतिनाथ फाउन्डेशन, युएसए, लस एन्जलस र लस एन्जलसमा कृयाशिल संस्थाहरुको संयुक्त आयोजनामा सम्पन्न भएको दुई दिने सेवा अवसरमा सेवाग्राहीहरुको घुइंचो लागेको थियो । अमेरिकी सार्वजानिक विदाको प्रवाह नगरी सेवाग्राहीहरु पासपोर्ट, नागरिकता र एनआरएनए परिचय-पत्र प्राप्त गर्ने सेवाका लागि लामबद्ध थिए ।No description available.

पशुपती – बुद्ध मन्दिर, नर्वाकमा आयोजित सेवा शिविरमा उपस्थित सम्पूर्ण आगन्तुकहरुलाई श्रीपशुपतिनाथ फाउन्डेशनले नि:शुल्क भोजनको ब्यवस्था समेत गरेको थियो । अमेरिकाको बिभिन्न राज्यमा टाढाबाट नेपाली दुतावास रहेको वाशिङ्टन डिसी जान हुने झन्झटलाई न्यून गराई समुदायसंगको उपस्थिती र सहभागीतामा प्रत्यक्ष सेवा प्रदान गराउने दुतावासको श्रेयस्कर अभियान रहंदै आएको छ ।No description available.

नेपाली दुतावास, अमेरिकाका डेपुटी चिफ अफ मिशन कुमार खरेलले लस एन्जलसमा आयोजित नेपाली दुतावासको सेवा सिविर भब्य र सभ्य भएको बताउनुभएको छ । खरेलले नेपाली समुदायमा उहांहरुकै सेवा गर्ने अवसर प्रदान गराईदिनुभएकोमा महावाणीज्यदुत ऋषी ढकाल, पशुपतीनाथ तथा बुद्ध मन्दिरका अध्यक्ष मुकुन्द ढुंगाना, एनआरएनए अमेरिका, क्यालिफोर्निया च्याप्टरका अध्यक्ष एकदेव शर्मा, लस एन्जलसका सम्पूर्ण नेपाली संघ संस्था तथा तीनका पदाधिकारीहरी, दुतवासका सहयात्राीहरु, स्वयंसेवक तथा शुभेच्छुकहरुप्रती आभार प्रकत गर्नुभएको छ ।No description available.

‘दोस्रो चोटी आयोजना गरिएको यो सान्दर्भिक सेवा अवसरले खुशी लागेको छ,’ महावाणिज्यदुत तथा उक्त लस एन्जलस सेवा शिविरका संयोजक ऋषी ढकालले बताउनुभयो । ‘यो कार्यक्रम सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पूर्णमा हार्दिक धन्यवाद टक्र्याउंदछु । आगामी दिनमा अझै प्रभावकारी ढंगले काम गर्नेछौं,’ महावाणिज्यदुत ढकालले बताउनुभयो ।No description available.

एनआरएनए अमेरिका, क्यालिफोर्निया च्याप्टरका अध्यक्ष एकदेव शर्माले ‘समुदायले प्रत्यक्ष सेवा लिने यस्तो प्रकारको सामाजिक कार्यका लागि दुतावास लगायत समुर्णलाई धन्यवाद’ ब्यक्त गर्नुभएको छ । यसैगरी पशुपती बुद्ध मन्दिरका अध्यक्ष मुकुन्द ढुंगानाले ‘लस एन्जलस सेवा शिविरमा सम्पन्न विशुद्ध सामुदायिक सेवाको हिस्सेदार बन्न पाउंदा गर्व लागेको’ बताउनुभयो ।No description available.

नोभेम्बर १५ तारिखसम्म भेरीफाईड कन्फर्मेशन लिएकाहरुलाई मात्र शिविरको सेवा :

लस एन्जलसमा आज सम्पन्न दुई दिने शिविरमा दुतावासको सुचानानुसार नोभेम्बर १५ तारिखसम्म अनलाईन फाराम भरी आवेदकको ईमेलमा ‘भेरिफाईड कन्फर्मेशन’ प्राप्त गरेका निवेदनहरुलाई मात्र सेवा प्रदान गरिएको थियो । ई-पासपोर्टको निवेदक आँफैं उपस्थित हुनुपर्ने र बायोम्याट्रिक लिनै पर्ने नेपाल सरकारको नियमानुसार सेवा शिविरलाई प्रभावकारी, छरितो र ब्यवस्थित बनाउन दुतावासले लामो समयदेखी क्यालिफोर्निया राज्यको लागि नोभेम्बर १५ तारिखसम्म ‘अनलाईन फाराम भरी दुतावासबाट भेरीफाईड कन्फर्मेशन लिनैपर्ने सुचना’ जारी गरेको थियो ।No description available.

महावाणिज्यदुत ऋषी ढकालले दुतावासको उक्त सुचनालाई लस एन्जलसका सेवाग्राहीहरुले बडो अनुशासित तवरले भूमिका निर्वाह गर्नुभएको बताउनुभएको छ । यस कार्यक्रमका संयोजक समेत रहनुभएका महावाणिज्यदुत ढकालले ‘१५ नोभेम्बर सम्म भेरीफाईड कन्फर्म्ड भई अपैन्ट्मेन्ट लिएका निवेदनहरुलाई सेवा दिईएको’ बताउनुभयो । कार्यक्रममा बिना निवेदन, बिना ई-मेल, बिना भेरीफाईड र बिना कन्फर्म्ड भेरीफिकेशन भौतिक रुपमा उपस्थित सेवाग्राहीलाई सेवा प्रदान गर्न नसकेकोमा क्षमा यचना गर्नुभएको छ । सेवाबाट बन्चित महानुभावहरुलाई छिट्टै अर्को सेवा शिविरमा सेवा प्रदान गरिने बताउनुभयो ।No description available.

दुतावासको आगामी कार्यक्रम आगामी २७, २८ र २९ सान्-फ्रान्सिस्कोमा हुने भएको छ ।