२०८१ वैशाख १३ गते | 25th of April 2024

खगेन्द्र जिसी सोसलिस्ट ईन्टरनेशनलको उपाध्यक्षमा निर्वाचित

खुल्लामन्च
 प्रकाशित: २०७९ मंसिर १० गते १८:००

स्पेनको म्याड्रिडमामा भएको तीन दिने महाधिवेशनमा सोसलिस्ट इन्टरनेशनलको अध्यक्षको जिम्मेबारी स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले पाएका छन् भने उपाध्यक्षमा अमेरिका निवासी नेपाली मूलका कानून व्यवसायी खगेन्द्र जीसी समेत चयन भएका छन् । जीसीले नेपाली काँग्रेसको प्रतिनिधित्व गर्दै उपाध्यक्षमा उम्मेदबारी दिएका थिए ।317006818_516552657051183_9127277408789944038_n

नेपाली काँग्रेसपनि सोसलिस्ट इन्टरनेशनलको सदस्य रहदै आएको छ । भेट र छलफलका क्रममा स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले कोरोना महामारीका बेलामा नेपाललाई गरेको सहयोगको बारेमा समेत उल्लेख गरेको महाधिवेशनमा सहभागी बेदप्रसाद खरेलले जानकारी दिए ।

भौगोलिक सन्तुलन र लैङ्गिक सन्तुलन सुनिश्चित गर्नको सोसलिस्ट इन्टरनेशनलका अधिकतम छत्तीस उपाध्यक्ष हुन सक्छन् । तर उम्मेदबारी भने ४५ जनाको परेको थियो । मध्यपूर्व र एसिया प्यासेफिकक्षेत्रबाट ८ जनाको उम्मेदबारी परेको थियो । यसभन्दा अगाडि सोसलिस्ट इन्टरनेशनलमा ३१ जना उपाध्यक्षहरु रहेका थिए । प्रत्येक क्षेत्रलाई समानुपातिक रूपमा उपाध्यक्षकाृ संख्यामा बाँडफाँड गर्न सबैभन्दा ठूलो औसत लार्जेस्ट एभरेज विधि प्रयोग गरिएको थियो । यो प्रणाली धेरै देशहरूमा संसदीय सीटहरू बाँडफाँड गर्न प्रयोग गरिन्छ।

५० वर्षीय पेड्रो सान्चेजले ग्रीसका पूर्व प्रधानमन्त्री जर्ज पापान्ड्रेउबाट विश्वभरका १३२ राजनीतिक दलहरूको समूह रहेको सोसलिस्ट इन्टरनेशनलको प्रमुखको रूपमा कार्यभार ग्रहण गरेका हुन् । अधिवेशनमा ११७ देशका ३५० जनाको सहभागिता थियो । सन् २०१४ देखि स्पेनको समाजवादी पार्टीको नेतृत्व गर्ने सान्चेज निर्विरोध निर्वाचित भएका हुन् । घानाकी बेनेडिक्टा लासी सोसलिष्ट इन्टरनेशनलको पहिलो महिला महासचिव बनिन् । पोर्चुगलका पूर्व प्रधानमन्त्री एन्टोनियो गुटेर्रेसले सन् २००५ मा संयुक्त राष्ट्र शरणार्थी एजेन्सीको प्रमुख हुनु अघि सोसलिस्ट इन्टरनेशनलको नेतृत्व गरेका थिए । र पछि सन् २०१७ मा उनी संयुक्त राष्ट्र महासचिव बने।

स्रोत : खसोखास