२०८१ वैशाख ४ गते | 16th of April 2024
[gam_ad_position alias='home-header-logo-right']
[gam_ad_position alias='home-after-main-menu']
[gam_ad_position alias='home-after-main-menu']

रत्ना भाउजू

[gam_ad_position alias='home-after-breking-news']
[gam_ad_position alias='home-after-breaking-newsmobile']
खुल्लामन्च
 प्रकाशित: २०७४ साउन १० गते १९:१६

लक्ष्मण सिटाैला

रत्न दाइ गरीब थिए तर खुशी नै थिए । वास्तवमा मानिस गरिबीले दुखी हुने होइन। दुखी हुने कारक अरु अनेकौं छन। खानै नपाएर कुन चाहिँ जनावर मरेको छर पृथ्वीमा ! रत्न दाइका तीन छोरा स्कुल पढ्दैथे । तामाका मुना जस्ता सलक्क हुर्कदै गरेका । रत्ना भाउजु बिहान बेलुकी गाईलाई घाँस काटथिन। उनीहरू लगभग दिनको दुई पाथी दुध बेच्थे । त्यो भेगका प्रायः घरमा सबैले दुध बेच्छन ।
सहर बिस्तारले गर्दा काठतिरको जग्गा किनबेच हुनथालेको धेरै भो। रत्न दाइले जग्गाको काम गर्न थाले । सहरको जग्गा सक्किदै गए । अझ भुकम्प पछित मानिसहरू उपत्यकामा बसाइँ सर्नथाले । रत्न दाइ ब्यस्त देखिन थाले। त्यो दुई बर्षमा रत्नदाइले जिन्दगीमा कायापलट परिवर्तन ल्याए ।

छोराहरू सरकारी स्कुलमा पढ्थे , अब महङ्गो बोर्डिङमा पढ्न थाले । बच्चाहरुको लवाइ खवाइ हिडाइ बोलाइ सारा कुरामा परिवर्तन आए । ठुलो छोराको एउटा थोत्रो साइकल थियो । हेर्दाहेर्दै उस्ले दुई लाख पर्ने पर्सर बाइक किन्यो। क्रमशः छोरै बिछे बाइक भयो । घर भब्य सग निर्माण गरे। यस्तो लाग्यो उनीहरु अन्त कतै बाट यहाँ एकाएक बसाइँ सरेका हुन ।
पहिलाका साथी सङतीहरु सब छोडेर अब उनीहरू नयाँ र सप्पन्न परिवारमा हेलमेल बढाउन थाले । दुध बेच्थे अब उनीहरू दुध किन्न थाले ।

यो बीचमा सबैभन्दा ठुलो परिवर्तन मैले रत्ना भाउजुमा पाए।
तिनै भाउजू हुन हिजो घासको डाेको बोक्न नसकेर आलि आलि बिसाउदै हिड्ने गर्थिन । मैले कहिले तिन्ले नयाँ लुगा लगाको देखिन। तिनका हातकानमा सुन भन्ने धातु थिएनन । गाइको भगारो सोहोरेको हात कहिले धोएको पनि देखिन । पानी बोक्ता बोक्ता तिनका कम्मर छिनेका थिए । हिजै हो तिन्ले बोकेको ढाेडको नाम्लो छिन्दा कम्मरमा बेरेको पटुकाले भारी बेरेर गोठ लगेको । भैसीलाइ कुडाे पकाउदा नयाँ मकै घट्टमा पिध्न गाकी अस्ति जस्तो लाग्छ।

तर आज तिनी हिजोकी रत्ना भाउजू होइनन । हिजो तिनका आखामा सेवा, सत्कार ,माया ,सादगीपन ,भगवान ,पुजा आरधना ,र स्त्रीत्व गुणहरु थिए। सोमबारको व्रत बसेर रत्न दाइलाइ भात कुरी बसेको देख्दा यस्तो लाग्थ्यो कि श्रीमती सबैका रत्ना भाउजू जस्तै भैदिए कति भाग्यमानी हुन्थे सब लोग्नेमानिसहरू । भाउजूले गाइबस्तु पाल्न छोडिन। भाउजुले दैनिक दुई तीन जोर सारी फेर्न थालिन । भाउजू एेचो पैचो मेलापात ऋण धन सरसापटि र गरीब छिमेकीकोमा आउ जाउ गर्न छाडिन । अब गरीब छिमेकी उन्लाइ भेट्न् जान थाले । करिब दशतोलाको घाटे तिलहरी हातभरी औंठि , सुनका पाउजुले भाउजू झकिझकाउ हुन थालिन । रातोपिरो झरीली भरीली सुन्दरी भइन भाउजू । भाउजुका देब्रेपट्टिका दुई बाङ्गारा काला थिए । सुनको दात हालिछन । यसरी जग्गाको दलाली काम बाट रत्न दाइले प्रसस्त कामाए र परिवारलाइ अ्मन सुख चैन दिलाए । खुसी र आनन्द छायो त्यो घरमा ।

भाउजूमा यति धेरै परिवर्तन आए । तर रत्न दाइ उही हिजोकै भेषभुषामा । उनी धनी भए । तर धनी मान्छेले जस्तो देखाउने ब्यवहार उन्ले देखाएनन । तीन बच्चाकि आमा ती रत्ना भाउजूले एक्दिनत फ्रक पो लाइछन । म त लाजले भुतुक्कै भाको । हिजो मकैको ढाेड बोक्ता बागो भाको तिनको टाउको अझैसम्म सोझिएको छैन । तर आज अर्धनग्न भएर टिन एजरको केटीले जस्तो लाजै नमानी हाफ पाइन्टपो लगाउदै छिन । म तीन छक परे। आखिर सबै कुरो पैसा नैत रेछनी !
मैले सुने लगभग पचहत्तर असी तोला त तिन्ले सुन मात्रै जोडेकि छिन रे ! रत्न दाइ बिहान देखि बेलुकी सम्म जग्गा दलाली गर्छन । बिचरा उन्लाइ फुर्सद छैन । खाना खान पनि भ्याउछन कि भ्याउदैनन मलाई सन्खै छ । एक्दिन एउटा लक्का आर्मी जवान केटालाई जग्गा देखाउदै थिए । ” यो जग्गा बिक्रि भयो भनेत मेरो भागमा सिधै पाँच लाख कमिसन राम भाइ” ।

कमिसन, लेखापढि ,कित्ता काट, डिल्लिबजार, नापी ,नक्सा पास , भुमिसुधार, हालैदेखिको बकसपत्र आदि भन्दा उनी अरु केही कुरै गर्दैनथे हामीलाई भेटदा । जस्तो ब्यवहार उस्तै कुरा यहि हो मानिसको परिचय र उस्लाइ बुझ्ने संकेत । किसानले खेतिपातीका कुरो गरे जस्तै हो नि । पेशा अनुसारका कुरालेनै सभ्यताको बाटो लम्किरहेको हुन्छ।

त्यो आर्मीको जवान भाइले जग्गा किन्न लगाएछन अर्का ब्यापारी लाई । लक्का जवान आर्मी लाई रत्ना भाउजुले भाइटिका लगाइछन । रत्न दाइ सग प्राय सगै देखिन थाले ती आर्मी भाइ । मेरो सालो भनेर परिचय गराउथे तिन्ले जस्लाइ भेट्दा पनि । खाइलाग्दो खिरिलो आर्मी केटाे अघिपछि लाएर उसैको मोटर बाइकमा हिंड्न् थाले रत्न दाइ । सोचे राम्रै हो । पैसा कमाए अब अलि बलियाको पनि सङत गर्यो भने सुरक्षित पनि होइन्छ नि भाइ भन्थे मलाई । हरेक भेटमा ती रत्न दाइले छोराहरूको कुरा गर्दैनथे अब त्यो आर्मी लक्का जवानको बारेमा कुरा गर्थे । हेर्दाहेर्दै दुई छोरालाइ रत्न दाइले अस्ट्रेलिया अध्यन गर्न पठाए। अब घरमा सानो कान्छो छोरा थियो । तिन्लाइ पनि बोर्डस गरिदिए । रत्ना भाउजू सबै कुरा बाट फुक्का हुँदै गइन । हेर्दाहेर्दै भाउजूत फिलिम हेर्न जानी, स्विमिङ गर्न जानी सपिङ मलतिर सपिङ गर्न जान थालिन। हलमा धेरै नजाउ भनेर रत्न दाइले भाउजुको लागि भनेर होमथिएटर बनाइदिएका थिए । घरमै स्विमिङ्पुल पनि तयार भए । अब घरमा तिनै आर्मी भाइ रत्न दाइ र भाउजू रहन थाले । रत्न दाइले कहिले पनि सम्पत्ति आफ्ना नाउँमा राखेनन । सबै घरजग्गा श्रीसम्पति रत्ना भाउजूका नाउँमा थिए । उनी भन्थे ” ह्या राम भाइ मलाईत झ्याउ लाग्छ सबै सम्पत्ति रत्नाकै नाउँमा गर्देको छु हौ यो भारी के बोकेर हिड्नु” ।

छोराहरु अस्ट्रेलिया गएको ६ महिनामा रत्न दाइ छोराहरुको न्यास्रो लाग्यो भनेर अस्ट्रेलिया गए। रत्ना भाउजू लाई अब दिनहु ती आर्मी भाइले घुमाउन थाले। बेलुकी रात बिरात पनि ती घुम्न निस्कन्थे। भाइ टीका गरेको भाइलाई गाउँलेले सन्खा गर्नी कुरा पनि भएन । रत्न दाइले धेरै नै बिश्वास गरे भाउजूलाई यो अति भयो भन्थे छिमेकी पनि । म सोच्थे “आ छिमेकीको कामै अरुका कुरा काट्ने हो” तर एकदिन आफ्नै आखाले देखेसी पत्याउन कर लाग्यो । किन यी भाउजू यति बिघ्न चम्केकी हुन भनेको कुरो यसोपो रेछ । दुई तीन दिन सम्म पनि मुल गेटभित्र बाट चुकुल लागेको हुन्थ्यो। दूध ल्याउने तरकारी ल्याउने मान्छे पनि ढोकाबाट फर्किएर जान्थे । बोलायो भने भाउजू छत बाट बोल्थिन “मैले बिहानै किनेर ल्याइसके रत्न दाइ हुनुहुन्न” भन्थिन।

एक हप्ता बित्यो । साइ शब्द केही छैन भाउजूको । त्यो आर्मी केटाे पनि देखिन छोडयो । सानो छोरोलाइ पन्ध्र दिन अगाडि रत्न दाइ जाने बेलामा देखेको थिए । उ भोलिपल्ट नै स्कुल गयो बोर्डस बस्नी भएर । म छिमेकी परे । चियो चर्चो आराम बिराम भाको बेला हेर्नुपर्थो । लगभग तीन रोपनीमा बनेको घर । भित्र बाग बगैचा फूलबारी स्विमिङ पुल सब सुनसान देखे। बाहिर गेटको प्लाल बाट सब देखिने। हिजो अस्ति भित्र बाट ताला मारेको हुन्थ्यो ती रत्ना भाउजू र तिन्का टीका लाको भाइ गिज्जेर बस्थे तर आज बाहिर ठुलो भोटे ताल्चा लाएको छ । भित्र चकमन्न।
छोराहरु पढ्न बिदेश गए। कान्छो छोरो बोर्डस। रत्न दाइ पनि छोराहरु भेट्न् गए। जे भए पनि रत्न दाइ असाध्य सोझा र सहयोगी थिए । माया लाएर आयो ती दाइको ।

एकहप्ता पछि कान्छो छोरा घरमा आयो। तर बाहिर बाट ताल्चा मारेको छ। ” राम अन्कल हाम्रो ममी खै” कान्छोलाइ मेरै घरमा राखे त्यो रात । अब रत्ना भाउजुको पिर लाग्यो।कान्छो छोरा रुन थाल्यो । भाउजूको अत्तोपत्तो छैन । मोबाइलमा फोन गरेको स्विच अफ छ। बल्लतल्ल अस्ट्रेलियाको नम्बर पत्ता लगाएर रत्न दाइलाइ फोन सम्पर्क गरे । दाइ फोनमा रुन थाले नआत्तिनु भने । भोलिपल्ट राती रत्न दाइ टुप्लुक्क आइपुगे । ताला फोरेम सबै भएर । घरमा चोटा कोठा सब हेरेम। तर दराजमा भएका शय तोला जति सुन र चालीस लाख नगद केही थिएन।
न कसैले हत्या गर्यो वा के भयो। सब अकमक्क पर्यौ।

पुलिसमा जाहेरी दियौ । घटनाको बिस्तृत बयानको मुचुल्का तयार भयो । उपत्यकाको सबै नाकाहरुमा विवरण उपलब्ध गराइयो । जग्गा र घर रत्ना भाउजूकै नाउँमा थिए। ती धनी पुर्जा पनि उठाएर लगेपछि रत्न दाइ झसङ्ग भए । कान्छो छोरा अलि बुझ्नी भैसकेको थियो उस्लाइ सम्झाइयो। पढाइ बिगार्न हुन्न बाबू आमा मामाघर गाकी हुन भनेर सम्झाएपछी उ स्कुल गयो । प्रहरीले मोबाईलमा कता कता र कुन लोकेशन बाट कुरा भाछ भनेर पत्ता लाग्यो। भ्वाइस मेसेज रेकर्ड सुनेपछि दुई ब्यक्ति चितवन पुगेको पत्ता लाग्यो ।

रत्ना भाउजू आर्मी केटा सग पोइल गएको प्रमाणित भयो।
धेरै मुद्दा चल्यो। अन्तत लगेको पैसा र सुन बाहेक घर जग्गाको लाल पुर्जा फिर्ता आयो ।

त्यो दुर्दान्त घटना घटेको ठिक तीन बर्ष पछि मैले तिनै रत्ना भाउजूलाई एकदिन स्वयम्भूको भर्याङमा मकै पोल्दै गरेको अवस्थामा देखे । त्यति भरभराउदी सुखी रत्ना भाउजुको कपाल सेतै पाकेका हिउँ जस्ता, अनुहार डढेलोले छोडेर गएको ऎसुलुको बोट जस्तो, मलिन अनुहार , ओठभरी जुठो उर्सेको पाए। कस्तो नरमाइलो लाग्यो । अलि नजिक गए र बोले

” हैन हाम्री रत्ना भाउजू होइनत “?
” हो रामबाबु नमस्कार ”
“यो केहो भाउजू के देख्दै छु म”
” भागभोग , कर्म ,उ जुनीको श्राप बाबू । मेरा छोराहरुको धेरै याद आउँछ कहाँ छन , के छ नानी”
” भाउजू तपाईंले धोका दिएसी रत्न दाइ कान्छो छोरा सहित अस्ट्रेलिया जानू भो”

साझ पर्न थालेको थियो। तिन्का आँखा बाट टल्किएका आसुमा क्षितिजमाथी ढल्किदै गएको सुर्यको बिम्ब खसिरहेको थियो । अस्तु ।
२०७४/०४/०९ सोमबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

[gam_ad_position alias='home-after-main-news']
[gam_ad_position alias='home-after-main-news']
[gam_ad_position alias='home-above-rajniti']
[gam_ad_position alias='home-above-rajniti-mb']