२०८१ वैशाख १४ गते | 26th of April 2024

सोलुखुम्बुको लिखुपिकेमा सात मतले हारेपछि अदालतमा रिट, विजयीको पक्षमा अदालतको निर्णय

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन १२ गते ३:५०

सोलुखुम्बु १२ साउन । सोलुखुम्बु जिल्लाको लिखु पिकेमा निर्वाचनमा आफु हारेपछि अदालत पुगेका सूर्यबहादुर बस्नेतको रीटउपर कारबाही भएको छ । नवनिर्वाचित वडा सदस्य मणिराज बस्नेत विरुद्ध दायर रिटमा बुधबार पहिलोपटक सुनुवाई भएको छ । उच्च अदालत विराटनगरको अस्थायी इजलास ओखलढुंगामा दायर रिटमा बुधबार सुनुवाई भएको हो ।

अदालतका न्यायाधीश टेकबहादुर नेपाल र ऋषिराम दवारीको संयुक्त इजलासले रिटउपर सुनुवाई गर्दै कामकारवाहीलाई नियमितरुपमा अगाडि बढाउन आदेश दिएको छ । बस्नेतका निकतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका सूर्यबहादुर बस्नेतले वडा सदस्यमा निर्वाचित बस्नेत फजुल मतका कारण विजयी भएको दाबीसहित फेरि मतगणना हुनुपर्ने माग गर्दै असार २८ गते रिट दायर गरेका थिए ।

रिटउपर छानबिन हुँदा मतगणना स्थलमै फेरि मतगणना हुनुपर्ने नभनिएको र निर्वाचित जनप्रतिनिधि सदस्यले सपथ ग्रहणसँगै विजयी भएको प्रमाण पत्र समेत लिइसकेको अवस्थामा तत्कालका लागि नियमित काम गर्न आदेश दिएको उच्च अदालत विराटनगरको अस्थायी इजलास ओखलढुंगाले जनाएको छ । बस्नेत ७ मतको अग्रताले विजयी भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *