२०८१ वैशाख ८ गते | 20th of April 2024

नेइमारले बार्सिलोना नछोड्ने

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन १२ गते ४:२१

साउन १२ – बार्सिलोनाका फरवार्ड नेइमार क्लबमै बस्ने टिमका साथी खेलाडी जेराड पिकेले बताएका छन् । पिकेले नेइमार बार्सिलोनामै बस्ने र यो आफ्नो अन्तर्ज्ञान रहेको बताएका छन् । नेइमारलाई फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले अनुबन्ध गर्न चाहेको छ । पिएसजीले विश्व कीर्तिमानी मूल्य १९ करोड ९० लाख पाउण्ड स्ट्रर्लिङमा क्लब भित्र्याउनका लागि नेइमारसँग भेट गरेको खबर आइरहेका बेला पिकेले नेइमार बार्सिलोनामै बस्ने बताएका हुन् ।

पिकेले नेइमारसँग आफूले गरेको कुराकानीका आधारमा उनी बार्सिलोनामै बस्ने मनसायमा रहेको पाएको बताएका हुन् । तर यो आफ्नो अन्तर्ज्ञान मात्रै रहेको उनको भनाई छ । गएको शनिबार भएको इटालियन क्लब युभेन्टससँगको मैत्रीपूर्ण खेलमा बार्सिलोनालाई २–१ को जित दिलाउने क्रममा दुवै गोल नेइमारले गरेका थिए । त्यसपछि बार्सिलोनाका प्रशिक्षक अ्रनेस्टो भाल्भेर्डेले नेइमार बार्सिलोनामा रहुन् भन्ने आफ्नो चाहना रहेको बताएका थिए ।

पिकेले ट्वीटरमा नेइमारसँगको तस्बिर पोस्ट पनि गरेका छन् । त्यसको क्याप्सनमा उनले नेइमार क्लबमै रहने उल्लेख गरेका छन् । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *