२०८१ वैशाख १४ गते | 26th of April 2024

एमालेद्वारा अन्तर्घात गर्ने र बागी उठनेलाई कारवाही, को-को परे कारबाहीमा ?

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन १२ गते ४:३३

 

काठमाडौं १२ साउन । स्थानीय तहको निर्वाचनमा आफनो पार्टीका उम्मेदवारलाई असहयोग गर्ने, अन्तर्घात गर्ने तथा बागी उम्मेदवारी दिनेलाई नेकपा एमाले भोजपुरले कारबाही गरेको छ । चुनावको क्रमममा अन्तर्घात र पार्टीले उठाएको उम्मेदवारका विरुद्ध बागी उठने नेता कार्यकर्तालाई एमालेले कारवाही गरेको हो ।
चुनावको समीक्षा गर्ने बसेको एमाले जिल्ला कमिटि बैठकले अन्तर्घात र बागी उठनेलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निस्कासन गरी कारवाही गरेको हो । जिल्लाका स्थानीय तहमा अन्तर्घात भएका कारण पार्टीले हार व्यहोर्नुपरेको ठहर गर्दै पार्टी निर्देशन र अनुशासन विपरित गतिविधि गर्नेलाई कारवाही गरेको एमालेले जनाएको छ ।
कारवाहीमा पर्नेमा संगठित सदस्यदेखि प्रदेश कमिटिका सदस्यसम्म छन् । एमाले जिल्ला कमिटिले टेम्के मैयुङ गाउँपालिका–९ मा वडा अध्यक्षमा बागी उठने जिल्ला कमिटि सदस्य नवराज माङपाहाङ, वडा नं ७ मा वडा अध्यक्षमा नै बागी उठने जिल्ला सदस्य विजयलक्ष्मी राई र उनीहरुका समर्थक, प्रस्तावक संगठित सदस्य यादवकुमारी नेपाल, भीमप्रसाद लुइँटेल र बाबुराम शाक्यलाई पनि कारवाही गरेको छ । वडा नं ७ र ६ का बागी उम्मेदवारलाई सहयोग गरेर पार्टी विरुद्ध गतिविधि गरेको ठहर गर्दै पूर्व गाउँपार्टी सचिव केदार नेपाल र सदस्य नन्दकुमार तिम्सिनालाई पनि कारवाही गरेको छ । बागी उम्मेदवारको पक्षमा भोट माग्दै हिँड्ने जिल्ला कमिटि सदस्य नविन राईलाई पनि अन्तर्घात गरेको ठहर गर्दै कारवाही गरेको छ ।
चुनावको क्रममा पौवादुङमा गाउँपालिकामा अन्तर्घात गर्नेलाई कारवाही गरेको छ । जिल्ला कमिटि सदस्य उदय कार्की र संगठित सदस्य गजेन्द्र तामाङ र कर्ण तामाङलाई कारवाही गरको छ । उनीहरुले उम्मेदवारलाई हराउन पार्टीको हित विपरित गतिविधि गरेको ठहर गर्दै कारवाही गरेको हो ।
भोजपुर नगरपालिकामा अन्तर्घात गर्ने प्रदेश कमिटि सदस्य रमेश शाक्यलाई कारवाहीका लागि प्रदेश कमिटिमा सिफारिस गरेको छ । शाक्यले पार्टीका उम्मेदवारलाई हराउन गतिविधि गरेको भन्ने कार्यकर्ताबाट व्यापक गुनासो आएपछि जिल्ला कमिटिले तीन सदस्यीय छानबिन समिति नै गठन गरेको थियो । छानबिन समितिले प्रदेश सदस्य शाक्यले अन्तर्घात गरेको ठहर गर्दै जिल्ला कमिटिलाई प्रतिवेदन बुझाएको थियो ।
जिल्ला कमिटिले छानबिन समितिले दिएको प्रतिवेदनको आधारमा कारवाहीको लागि प्रदेशमा पठाएको जनाएको छ । बाँकी स्थानीय तहका वडामा पनि अन्तर्घात र बागी भएकाले चुनावको समीक्षा सुक्ष्म ढंगले गर्न पदाधिकारीको संयोजकत्वमा अध्ययन गर्ने टोली बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *