२०८१ वैशाख १३ गते | 25th of April 2024

भरतपुर मतगणना विवादको रिटमाथिको सुनुवाइ भएन

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन १२ गते १५:५९

 

काठमाडौ १२ साउन । आज सर्वोच्च अदालतले सुनुवाइ गर्ने भनेको भरतपुरको मतपत्र च्यातिएको सम्बन्धीको मुद्धा सुनुवाइ हुन सकेन । जसका कारण आज पनि हेर्दाहेर्दैको सुचीमा आइतबारको सूचीमा राखियो । न्यायाधीशद्वय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासमा सुनुवाइ हुँदाहुँदै नसकिएपछि हेर्दाहेर्दैमा आइतबारलाई राखिएको अदालतका प्रवक्ता महेन्द्र उपाध्यायले जानकारी दिए।

बिहीबार निर्वाचन आयोगका तर्फबाट महान्यायाधिवक्ता रमण श्रेष्ठले पुनःनिर्वाचन गराउनुपर्ने तर्क प्रस्तुत गरेका थिए। उम्मेदवार रेणु दाहालका तर्फबाट अधिवक्ता डा दीनमणि पोखरेल, रमेशकुमार मैनाली र गुणराज घिमिरेले निर्वाचनको प्रक्रिया अगाडि माग गरेका थिए। दाहालका पक्षबाट १२ अधिवक्ता छन्। बाँकीले आइतबार बहस गर्नेछन्। निवेदकका पक्षबाट गत आइतबार वरिष्ठ अधिवक्ता रविनारायण खनाल र हरि उप्रेती तथा अधिवक्ता हरि फुयाँल, बाबुराम दाहाल, डा चन्द्रकान्त ज्ञवाली, विजयकान्त मैनाली, गोविन्द बन्दी, ईश्वरीप्रसाद भट्टराई र खिमलाल देवकोटाले निर्वाचन आयोगका प्रतिवेदनमा त्रुटि रहेको छ भन्दै च्यातिएका ९० मतपत्रलाई बदर गरेर पुनःमतगणना गर्नुपर्ने तर्क प्रस्तुत गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *