२०८१ वैशाख १४ गते | 26th of April 2024

जनै र पेन्टी नचिने कै हो त् ? फेसबुक स्टाटस भाइरल बन्दै

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन १४ गते ४:३२

काठमाडौं १४ साउन । पछिल्लो समय नेपालमा धर्मको विषयमा  एक अर्को धर्मप्रति आरोप र प्रत्यारोप लगाउने काम भइरहेको छ । शुक्रबार जनै पूर्णिमा अर्थात रक्षा बन्धनमा सरकारले सार्वजनिक विदा दियो भनेर वरिष्ठ पत्रकारका रुपमा चिनिएका योगेश खपांगीले आफनो फेसबुक स्टाटसमा हिन्दुधर्मको बर्खिलाप हुने गरी प्रहार गरेका छन । ब्रम्हाण समुदायले लगाउने पवित्र जनैलाई कट्टु र पेन्टीको संज्ञा दिएका छन ।

कार्टुनीष्ट खपांगी पछिल्लो समय सम्पादकका रुपमा कार्यरत छन । न्युज टवान्टीफो नेपालमा डेस्क सम्पादकका रुपमा कार्यरत खपांगी चन्द्रसुर्य डट कम अनलाइनका प्रकाशक सम्पादक समेत हुन । पत्रकारिताको सम्पादक जस्तो मान्छेले यसरी सामाजिक सञ्जालमा यस्ता खालका स्टाटस हालिनु अलि नसुहाउने र पदीय मर्यादा नसोचेको टिकाटिप्पणी हुन थालेको छ । पेन्टी र जनै चिन्न नसक्ने पनि पत्रकार हुदा हुदा रैछन न्युरोड स्थित एक चिया पसलमा एक टोली यही विषयमा गफ गरिरहेका भेटिए ।

उनीहरु हेर्दा हिन्दुधर्मावम्बीहरु देखिन्थे उनीहरुले हिन्दु महासंघमा मार्फत  धर्म आक्षेपको मुद्दा लगाउनु पर्ने जस्ता कुराहरु गरिरहेका थिए । अखिर खपांगीले के नै लेखेका थिए त स्टाटस हेर्नुस जस्ताको तस्तै आफु त दिनका दिन भित्रीवस्त्र फेरिन्छ । एकदिन फेर्न पाइएन भने दिनभरी सकसक लाग्छ । कसैलाई चैं भित्रीवस्त्र फेर्न पनि वर्षदिन कुर्नुपर्ने रे १ त्यसमाथी सरकारले छुट्टी पनि दिनु पर्ने रे’ 

नेपाल विशेष गरी हिन्दु धमावलम्बीहरुको बाहुल्यता भएको देस भएका कारण हिन्दु धर्मलाई पतन गराउन हरेक कुरामा हिन्दु धर्मकै गतिविधिमाथि प्रहार गरिएको पाइन्छ । आखिर जसले जुन धर्म माने पनि उसको स्वतन्त्रता हो । ‘नेपालको संविधान-२०७२’  ले पनि यो मौलिक अधिकारका रुपमा स्वीकारेको छ । त्यसैले आफुलाई मन परेको धर्म रोज्न पाउने अधिकारको कुरा हो । अरुको धर्म प्रति टिकाटिप्पणी गर्ने अधिकार कसैलाई छैन । त्यो गरेमा कानुन बमोजिम कारबाही हुने व्यस्थापनि रहेको छ । तर विचार सबैको आ आफनै हुन्छ । विचार ब्यक्त गर्ने उसको नैसर्गीक अधिकार पनि हो । फरक यति हो कसले कसरी बुझने र त्यसलाई कुन अर्थमा लिने भन्ने कुरा । तेसैले सबै धर्मलाई समान गर्नु धार्मिक सहिष्णुता कायम राख्नु हामी सबैको कर्तव्य हो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *