२०८१ वैशाख ११ गते | 23rd of April 2024

श्रीलंकासँग पहिलो टेष्टमा भारत ३०४ रनले विजयी

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन १४ गते १३:०२

काठमाडौं १४ साउन । श्रीलंकासँगको पहिलो टेष्ट क्रिकेटमा भारत विजयी भएको छ । ५ सय ५० रनको लक्ष्य पछ्याएको श्रीलंका चौथो दिन शनिबार नै २ सय ४५ रनमा अलआउट भएपछि भारत ३ सय ४ रनले विजयी भएको हो ।

भारतले दोश्रो पालीमा ३ विकेट गुमाएर २ सय ४० रन बनाएकोस्थितिमा पाली समाप्तीको घोषणा गरेको थियो । भारतले पहिलो पालीमा ६ सय रन बनाएको थियो । श्रीलंकाले भने पहिलो पालीमा २ सय ९१ र दोश्रो पालीमा २ सय २४ रन मात्रै बनाउन सक्यो ।

शनिबारको जितसँगै तीन टेष्टको श्रृखंलामा भारत अघि भएको छ । दोस्रो टेष्ट आउँदो १९ गतेबाट सुरु हुनेछ । भारत र श्रीलंकाबिच ५ एक दिवसीय र एक ट्वेन्टी ट्वेन्टी खेल हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *