२०८१ वैशाख ४ गते | 16th of April 2024
[gam_ad_position alias='home-header-logo-right']
[gam_ad_position alias='home-after-main-menu']
[gam_ad_position alias='home-after-main-menu']

अमेरिकालाइ क्षेप्यास्त्रले उडाउन सक्ने उत्तर कोरियाको चेतावनी

[gam_ad_position alias='home-after-breking-news']
[gam_ad_position alias='home-after-breaking-newsmobile']
खुल्लामन्च
 प्रकाशित: २०७४ साउन १४ गते १४:२८

एजेन्सी १४ साउन । उत्तर कोरियाले शनिबार अर्को क्षेप्यास्त्र परीक्षण गरेको छ । शनिबारको यो परीक्षणको पुष्टि गर्दै उत्तर कोरियाले क्षेप्यास्त्र ४७ मिनेटसम्म उडेको र १० हजार किलोमीटरको सैद्धान्तिक दुरीको उचाइमा पुगेको जनाएको छ । जुलाईमा मात्र उत्तर कोरियाले योे दोश्रो अन्तरमहादेशीय क्षेप्यास्त्रको परिक्षण गरेको हो । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले त्यसलाई ‘उत्तर कोरियाली शासकको अविवेकी र खतरनाक कदम’ भन्ने प्रतिक्रिया दिएका छन । यसरी क्षेप्यास्त्रको सफल परीक्षणसंगै अमेरिका आफनो क्षेप्यास्त्रको पहुँचमा रहेको उत्तर कोरियाले दावी गरेको छ । उत्तर कोरियाले गरेको अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल (आइसिबिएम) को सफल परीक्षणसंगै अमेरिकालाई चेतावनी सहित उक्त दावी गरेको हो ।

उत्तर कोरियाले अहिले परीक्षण गरेको आइबिसिएम तीन हप्ताअघि परीक्षण गरेको आइबिसिएम भन्दा बढी क्षमताको रहेको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले पनि जनाएको छ । उत्तर कोरियाले गरेको मिसाइल परीक्षणको संयुक्त राष्ट्रसंघ तथा अमेरिका, दक्षिण कोरिया, जापानसहितका देशले निन्दा गरेका छन् । उत्तर कोरियाले सन् २०१७ लागेपछि १४ पटक मिसाइल परीक्षण गरिसकेको छ ।
उत्तर कोरियाली राष्ट्रपति कीम जोङ उनले परीक्षणले उत्तर कोरियाको सारा अमेरिका भर क्षेप्यास्त्र प्रहार गर्न सकिने क्षमता प्रमाणित गरेको गर्वका साथ बताएको कोरियन केन्द्रिय समाचार संस्था (केसिएनए) ले उल्लेख गरेको छ ।केसिएनएले भनेको छ, ‘हाम्रा नेताले गर्वसाथ भन्नुभएको छ कि अमेरिकाको सम्पूर्ण क्षेत्र अब प्योङयाङको क्षेप्यास्त्र प्रहारको पहुँचमा आएको छ ।’
यसैबीच अमेरिकी विदेशमन्त्रीले रेक्स टिलरसनले उत्तर कोरियाली गतिविधि उत्तेजक बन्नुमा बेइजिङ् र रसिया दोषी रहेको आरोप लगाएका छन । त्यस्तै पेन्टागनका प्रवक्ता क्याप्टेन जेफ डेभीसले अमेरिका आफ्नो बचाउका लागि तयार रहेको बताएका छन ।
परीक्षण पछि अमेरिकी विदेशमन्त्री टिलरसन र जापानी विदेशमन्त्री कुमिओ किसिदाबीच टेलिफोन वार्ता भएको छ । उत्तरका उत्तेजित गतिविधिलाई रोक्न सम्भावित व्यापक दवाव दिनुपर्ने वार्तामा कुसिदाले अमेरिकी विदेशमन्त्रीसँग आग्रह गरेको अन्तराष्टिय सञ्चार माध्यमले जनाएको छ ।

अमेरिका, जापान र दक्षिण कोरियाले प्योङयाङको पछिल्लो कारवाहीको भत्सर्ना गरेका छन् । जापानी प्रधानमन्त्री शिन्जो आबेले क्षेप्यास्त्र परिक्षण आफ्नोे मुलुकको लागि गम्भीर खतरा भएको बएका छन । त्यसैगरी दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनले मध्यरातमा आपतकालीन सुरक्षा बैठक बोलाई छलफल गरेका छन ।
अमेरिकाका सबै मुख्य क्षेत्रमा आफूहरु मिसाइल आक्रमण गर्न सक्ने अवस्थामा पुगेको नेता किमले बताएको खबरमा दाबी गरिएको छ । तीन हप्ताअघि उत्तर कोरियाले पहिलो पटक अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण गरेको थियो । उत्तर कोरियाले आइसिबिएम परीक्षण गरेपछि त्यसको प्रतिक्रिया स्वरुप अमेरिका र दक्षिण कोरियाले सैन्य अभ्यास गरेका छन् । त्यसक्रममा जमिनबाट जमिनमा मार हान्न सकिने मिसाइलको प्रयोग गरिएको अमेरिकी सेनाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

[gam_ad_position alias='home-after-main-news']
[gam_ad_position alias='home-after-main-news']
[gam_ad_position alias='home-above-rajniti']
[gam_ad_position alias='home-above-rajniti-mb']