२०८१ वैशाख ७ गते | 19th of April 2024

नयाँ शक्तिका संयोजक बाबुरामलाई फेरी अर्को झट्का, धमाधम राजिनामा

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन १४ गते १५:३७

 

काठमाडौं १४ साउन । नया शक्तिका संयोजक बाबुराम  भट्टराई फेरी अर्को झट्का लागेको छ । नयाँ शक्तिका प्रवक्ता खिमलाल देवकोटाले दिएको २४ घण्टा पुग्न नपाउँदै शनिबार पाँच जनाले राजीनामा दिएका छन् । यसले नयाँ शक्ति पार्टीलाई ठूलै धक्का लागेको छ ।
नयाँ शक्ति नेपालको दलित जनवर्गीय संगठन दलित शक्तिका संयोजक सुशीला श्रीपाइलीसहित ५ जना केन्द्रिय स्तरका नेताहरुले राजीनामा दिएका हुन् । उनीहरुले नयाँ शक्तिले दलित समुदायप्रति अनुदार व्यवहार देखाएको भन्दै दलित शक्तिका संयोजक श्रीपाइलीसहित प्रवक्ता दलमर्दन कामी, कार्यालय सचिव महेन्द्र सुनार, दलितसञ्चार विभाग प्रमुख गणेश विश्वकर्मा र संगठन विभाग प्रमुख दिपेन्द्र विश्वकर्माले राजीनामा दिएका हुन् ।

उनीहरुले आफ्नो राजीनामा पत्रमा नयाँ शक्ति भनिए पनि पूराना र सामन्ती पार्टीभन्दा फरक नभएको आरोप लगाएका छन् । उनीहरुले १० वर्षे जनयुद्ध, १९ दिने आन्दोलन र उत्पीडिन विरुद्ध गरिएका आन्दोलनमा दलित समुदायले गरेको योगदान भुलेको आरोप लगाएका छन् । उनीहरुले उत्पीडित वर्गको अधिकार नै नपाउने अवस्थामा नयाँ शक्तिमा बसिरहनुुको कुने औचित्य नभएको उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *