२०८१ वैशाख १३ गते | 25th of April 2024

प्रधानमन्त्रीले दिएको आदेश कार्यान्वयन हुन सकेन

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन १५ गते १७:२४

 

काठमाडौं १५ साउन । अविरल वर्षासँगै आएको बाढीले राजधानीको सडकमा भएका खाल्डा र नालामा परेर दुई साताअघि एक बालिकाको मृत्यु भएपछि र एक बालिकाको उद्धार गरिएपछि प्रधानमन्त्री शेरबहादुर देउवालेले काठमाडौँको सडकका खाल्डाखुल्डी १५ दिनभित्र पुर्न दिएको निर्देशन कार्यान्वयन हुन सकेको छैन।

प्रधानमन्त्रीको निर्देशनबमोजिम सडकमा देखिएका खाल्डाखुल्डी पुर्न र मर्मत सम्भार गर्न तयार रहेको सडक विभागले केयूकेएल ९काठमाडौँ उपत्यका खानेपानी लिमिटेड० का कारण सकड मर्मत कार्य सम्पन्न हुन नसकेको दाबी गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, मध्यमाञ्चल सडक निर्देशनालयले ३१ ठाउँका सडक मर्मत गर्ने कार्य गरे पनि ६ वटा क्षेत्रको काम मात्र सम्पन्न भएको जनाएको छ। डिभिजन सडक कार्यालय काठमाडौँ एक र काठमाडौँ २ ले मध्यमाञ्चल क्षेत्रीय निर्देशनालयका निर्देशक शिवहरि सापकोटले सडक विभागलाई लेखेको पत्रमा खानेपानीको चुहावटका कारण सडक मर्मतमा पूर्ण सफलता हासिल गर्न नसकिएको उल्लेख छ।

पत्रमा उपत्यकाका ३१ वटा क्षेत्रका सडक मर्मत गर्ने क्रममा ६ वटा सडकको काम मात्र पूर्ण रूपमा सम्पन्न भएको जनाइएको छ। डिभिजन सडक कार्यालय काठमाडौँ एक र दुईका अनुसार १२५ स्थानका एक हजार ७३० ठाउँमा खानेपानी चुहावट भएको छ। यस्ता चुहावट नियन्त्रण केयूकेएलले नगरेको जनाइएको छ। सडक विभागका अनुसार त्रिपुरेश्वर–सुन्धारा, केशरमहल–दरबारमार्ग, तीनकुने–एयरपोर्ट र महाराजगञ्ज(माछापोखरी सडक मर्मत कार्य र माछापोखरी–बालाजु सडक क्षेत्रको ढल सफाई र जमलको अवरुद्ध ढल खोल्ने कार्य सम्पन्न भएको छ।

त्रिपुरेश्वर चोकको खाल्डा पुर्ने र हिलो हटाउने, महाराजगञ्ज–माछापोखरी सडक र सोह्रखुट्टे–विष्णुमती सडक खण्डको नाला सफा र ढल खोल्ने कार्यमा ६० प्रतिशत मात्र प्रगति भएको सडक विभागले जनाएको छ। चारवटा सडक मर्मतको काम ९५ प्रतिशत, १० वटा सडकको ९० प्रतिशत र तीनवटा सडकको ८० प्रतिशत काम सम्पन्न भएको विभागले जनाएको छ। दुईवटा सडकको ७० र एउटा सडकको भने ६८ प्रतिशत काम सम्पन्न भएको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *