२०८१ वैशाख १५ गते | 27th of April 2024

इपिएल क्रिकेटको दोस्रो संस्करणमा पनि ६ वटा टिम, बिजेतालाई २१ लाख

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन १५ गते १७:२९

 

काठमाडौं, १५ साउन । एभरेष्ट प्रिमियर लिग इपिएल क्रिकेटको दोस्रो संस्करणमा पनि ६ वटा टिम सहभागी हुने भएका छन् । आयोजक जोहोरा स्पोर्टस् म्यानेजमेन्टले आज पत्रकार सम्मेलन गरेर यसअघि जस्तै ६ वटा टिम सहभागी हुने तर टिमको नाम भने फरक हुने जानकारी दिएको हो ।
मंसिरमा हुने प्रतियोगितामा काठमाडौं, ललितपुर, भैरहवा, विराटनगर, वीरगन्ज र पोखराका टिम समावेश हुनेछन् । एक टिममा १५ जना खेलाडी हुने र सबै टिमले ३ जना विदेशी खेलाडी राख्न पाउने आयोजकले जनाएको छ ।

जसमध्ये नेपालका १० जना खेलाडीको अक्सन गरिनेछ । त्रिवि मैदान किर्तिपुरमा राउण्ड रोविन लिगको प्रतियोगिता संचालन हुनेछ भने लिगको शीर्ष ४ मा रहने टिम प्लेअफमा पुग्नेछन् । प्रतियोगिताको बिजेताले २१ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । आज प्रतियोगिताको लोगो समेत सार्वजनिक गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *