२०८१ वैशाख ७ गते | 19th of April 2024

ओएस नेपाल म्युजिक अवार्डको लागि गायिका पुजा सुनुवार मनोनयनमा

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन १६ गते ५:१०

काठमाडौं ६ साउन । नेपाली सांगीतिक क्षेत्रमा लागि परेकी गायिका पुजा सुनुवार ओएस नेपाल म्युजिक अवार्डको लागि बेष्ट आधुनिक महिला गायिका मध्ये उत्कृष्ट पाँचको नोमिनेशनमा पर्न सफल भएकी छन । गायिका सुनुवारले गाएको पछिल्लो गीत ‘काठमाडौं शहर’ बोलको गितबाट उनी नोमिनेशनमा पर्न सफल भएकी हुन ।

नेपाली गीत संगीत हाम्रो उच्च सम्मान भन्ने मूल नारा सहित आयोजना गरिएको ओएस नेपाल म्युजिक अवार्डमा ६७ वटा बिधा समेटिएको छ । उक्त अवार्ड भाद्र ३ गते हुने आयोजकले बताएको छ । अवार्डका लागि नोमिनेशनमा पर्न सफल भएकी पुजा सुनुवारका गीतहरु प्राय सबै चर्चामा रहेका छन । उनले गाएका गीतहरु सेल्फी, ट्युसन पढाउँछु, नसम्झी बसौं, भर्खरै पो थाहा पाएँ, निष्ठुरी त तिमी भयौ, चिटिक्कै छु नि मत बाटी दुई चुल्ठी लगायतका गितहरुले चर्चामा छन ।

यसरी चर्चा कमाउदै आएकी पुजाको पछिल्लो गीत काठमाडौं शहर बोलको गीत भने उनलाई नोमिनेशनमा पार्न सफल बनाएको छ । यतिबेला उत्कृष्टको लागि भोटिङ खुल्ला गरिएको छ । नोमिनेशनमा परेका जति आफुलाई भोट गर्न सबैलाई आग्रह गरिरहेका छन । त्यही क्रममा पुजा सुनुवार पनि आफुलाई भोट गरेर उत्कृष्ट पाँच मध्ये पाँचबाट सर्वोकृष्ट गायिकाको सुचीमा पार्नका लागि सबैलाई भोट गर्न आग्रह गरेकी छन । पुजा सुनुवारलाई भोट गर्नका लागि मोबाईलको म्यासेज बक्समा गई ठूलो अक्षर  मा OSNM 22E टाईप गरी 33001 मा पठाउँन सकिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *