२०८१ वैशाख १४ गते | 26th of April 2024

भरतपुर १९ मा २० गते पुनः मतदान

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन १७ गते १७:०८

 
चितवन १७ साउन । चितवनको भरतपुर–१९ मा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न गर्न जिल्लाका राजनीतिक दलहरु एकबद्ध भएका छन् ।

भरतपुर–१९ मा पुनः मतदानका लागि मिति तय गर्न आज बसेको सर्वदलीय बैठकमा यस्तो सहमति भएको हो । नेकपा ९एमाले०का अध्यक्ष तथा सांसद कृष्णभक्त पोखरेलले राजनीतिक तीक्तता नगरी शान्तिपूर्ण निर्वाचन गर्ने विषयमा दलहरुबीच सहमति भएको बताए ।

सांसद पोखरेलले भन्नुभयो, “कुनै पनि राजनीतिक तीक्तता नगर्ने, चितवनले जो एउटा कलंक बेहो¥यो फेरि त्यो कलंक नबेहोर्ने गरी शान्तिपूर्ण निर्वाचन गर्ने कुरामा राजनीतिक दल सबैको बीचमा सहमति भएको छ ।”

छलफलपछि पत्रकारसँग संक्षिप्त कुरा गर्दै नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले बुधबारदेखि प्रचारप्रसार गर्न नपाउने मौन अवधि शुरु हुने गरी साउन २० गते निर्वाचनको मिति तय गरेको जानकारी दिए ।

यस्तै, नेकपा ९माओवादी केन्द्र०का जिल्ला इञ्चार्ज ईश्वरी भट्टाराईले सबै दलको सहमतिमा मिति तय गरी सौहार्दपूर्ण रुपमा मतदान सम्पन्न गर्ने सहमति भएको र सोही अनुसार अघि बढ्ने बताए । उनले प्रचारप्रसार पहिले नै भइसकेकाले अब खासै प्रचार आवश्यक नभएकाले भोलिदेखि नै मौन अवधि शुरु गर्ने सहमति गरेको बताए ।

आज नै दलीय सहमतिअनुसार यही साउन २० गते शुक्रबार पुनः मतदान गर्ने निर्णय भएको चितवनका मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले जानकारी दिए ।

निर्वाचन अधिकृतको कार्यालय चितवनले सार्वजनिक गरेको सूचनामा २०७४ साल जेठ २० गतेको निर्वाचन आयोगको निर्णय र साउन १६ को निर्देशनअनुसार भरतपुर १९ को मतपत्र बदर घोषित गरी सो स्थानमा साउन २० गतेका दिन बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म पुनः मतदान हुने उल्लेख गरिएको छ ।

निर्वाचन अधिकृतको कार्यालय चितवनले दलसँगको बैठकपछि आजै भरतपुर–१९ को दुई हजार ८०७ बदर मतलाई दलीय प्रतिनिधिको सहभागितामा मतगणनास्थल भरतपुरको कभर्ड हलको परिसरमा जलाएर नष्ट गरेको थियो ।

चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले मतदानस्थलमा आवश्यक सुरक्षाकर्मी परिचालन भइसकेको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *