२०८१ वैशाख १३ गते | 25th of April 2024

चुणामणि शर्मा अख्तियार हिरासतबाट न्यायिक हिरासतमा

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन १८ गते ७:२१

सर्वोच्च अदालतको पुर्ण इजलासले विवादास्पद कर फस्यौट आयोगका सदश्य सचिब चुडामणी शर्मालाई अख्तिायारको हिरासतबाट निकालेर न्यायि हिरासतमा राख्न आदेश दिएको छ । भष्टचार सम्बन्धी मुद्धामा अनुसन्धानका लागि अख्तियारले पक्राउ गरी थुनामा राखेका शर्मालाई सर्वोच्चको पूर्ण इजलासले न्यायिक हिरासतमा राख्न आदेश दिएको हो । अख्तियारले पक्राउ गरेपछि शर्माकी श्रीमती कल्पना उप्रेती शर्माले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको मुद्धा दायर गरेकी थिइन । यस अघि सर्वोच्च अदालतले विवादास्पद कर फस्र्यौटमा अख्तियारले अनुसन्धान गर्न पाउने कि नपाउने भन्ने विषयमा कानुनी प्रश्न देखिएकाले त्यसको निरुपणका लागि पूर्ण इजलास पठाइएको थियो ।
यस्तै सर्वोच्चको आदेशसंगै शर्मालाई महानगरीय प्रहरी परिषद टेकुमा हिरासतमा पठाइएको सर्वोच्च अदालतले जनाएको छ । अख्तियारले अधिकतम नाफा कमाएको कम्पनी एनसेल बैँक तथा वित्तिय संस्थामा कीर्ते गरेरै छुट दिएको दावी गर्दै सर्वोच्चमा तीनजना विरुद्ध मुद्धा दायर गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *