२०८१ वैशाख ८ गते | 20th of April 2024

मोडल तथा गायिका सोना केसीको साडीले विदेश नै रंगियो (भिडियो सहित)

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन १९ गते ५:४६

नेपालको कला संस्कृति नै नेपालीको पहिचान हो । विदेशी भूमीमा पुगेपनि नेपाली संस्कृतीलाई झल्काउनु नेपालीको कर्तव्य हो । यही विचारलाई मध्यनजर गर्दै आफनो अध्ययनको शिलशिलामा जापान पुगेकी नेपाली चेली मोडल तथा गायिका सोना केसीले जापानमा नेपालको संस्कृतिलाई झल्काइरहेकी छन । जापानमा नै बसेर उनी गीतसंगीत मार्पmत नेपालको संस्कृतिको जर्गेना गरिरहेकी छन । उनले गाएका गीतहरुमा पनि नेपालीपन झल्काइएको छ । पछिल्लो समय सोनाले बजारमा ल्याएको तीज गीत विदेशै रंगियो सारीले बोलको गीतमा पनि नेपालीपन झल्किएको छ ।

तीज गीतको माध्यमबाट विदेशमा रहेका दिदीबहिनीहरुको पीडालाई उजागर गर्न खोजेकी छन । सोना एक गायिकामात्र होइनन उनी मोडल पनि हुन । उनले थुप्रै म्युजिक भिडियोहरुमा अभिनय गरिसकेकी छन । उनले गाएका अधिकांश गीतहरुमा उनी आफै अभिनय गर्ने गरेकी छन । विदेशै रंगियो सारीले बोलको गीतमा पनि उनी देखा परेकी छन । उनको साथमा इन्द्रबहादुर लगायतका साथीहरु देखाइएको छ । भने सुमधुर स्वरकी धनी सोनालाई सूर्य खड्काले गायनमा साथ दिएका छन । रोशन कार्कीले निर्देशन गरेको गीतको म्युजिक भिडियोमा जापानका विभिन्न ठाउ देखाइएको छ । सोनाको यो गीतले पछिल्लो समय चर्चामा आउनका लागि तीज गीतको मौलिकतालाई बंग्याउन खोज्नेहरुलाई राम्रो सन्देश दिएको छ । अन्य गायक गायिका तथा भिडियो निर्माण गर्नेहरुका लागि यो भिडियो मार्गदर्शन बन्ने छ ।
हेर्नुस भिडियोमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *