२०८१ वैशाख ११ गते | 23rd of April 2024

क्लिन काठमाडौँ अभियान’ सञ्चालन गरिने

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन २० गते १३:३४

काठमाडौैं २० साउन । गृहमन्त्री जनार्दन शर्माले राजधानीमा देखिएका विकृति, विसंगतिलगायत सबैखाले फोहर हटाउन ‘क्लिन काठमाडौँ अभियान’ सञ्चालन गर्ने सोच अघि सारिएको बताएका छन ।

गृह मन्त्रालयमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले भने “जनताको सुरक्षासँग सम्बन्धित कुरालाई लिएर यहाँ धेरै प्रकारका फोहरमैला जम्मा भएको छ, सबैभन्दा बढी ठगी हुने र धेरै मान्छेले दुःख पाउने भनेकै यहीँ रहेछ, बढी संख्यामा आपराधिक घटना हुने, दलालले ठग्ने र बेचबिखन हुने पनि यहीँ देखियो, सबैभन्दा ठूलो समस्याको गठजोड त केन्द्रमै रहेछ, यस्ता विसंगति अन्त्य गर्ने अभियानको उद्देश्य हुने छ” गृहमन्त्री शर्माले भने ।
उनले काठमाडौँलाई व्यवस्थित गर्ने, व्यवसायलाई अझ भरपर्दो बनाउने तथा वातावरणलाई कसरी संरक्षण गर्ने भन्ने विषयलाई केन्द्रित गरेर अघि बढाइने अभियानलाई सफल तुल्याउन सञ्चार क्षेत्रको सहयोग र सहकार्य आवश्यक रहेको बताए ।

प्रहरी, प्रविधि र स्वयंसेवकको अभियान

सुरक्षाकर्मी, स्वयंसेवी नागरिक तथा केही प्राविधिक र प्रविधिको सहयोगमा एकीकृत ढंगले अभियान सञ्चालन गरिने तथा काठमाडौँको ठमेल र पोखराको लेकसाइडमा २४ घण्टा व्यवसाय सञ्चालन गर्न सक्ने गरी सुरक्षा प्रबन्ध मिलाइएको बताउँदै गृहमन्त्री शर्माले अब कुनै पनि बहानामा राजमार्ग बन्द गर्न नसक्ने प्रयास भइरहेको उल्लेख गरे ।

गृह मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै गृहप्रशासन सुधारसम्बन्धी ८४ बुँदे मार्गचित्र प्रस्तुत गरेक मन्त्री शर्माले आफ्नो मार्गचित्र केही लागू भइसकेको र केही कार्यान्वयनका लागि नीतिनिर्माणको चरणमा रहेको जानकारी दिए ।

उनका अनुसार संघीय प्रहरी ऐन मस्यौदाको चरणमा रहेको तथा स्थानीय प्रशासन, विपद् व्यवस्थापन, प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य विधेयकलाई प्राथमिकताका आधारमा छलफल गरी टुंग्याउने काम भइरहेको छ । आन्तरिक सुरक्षा ऐन, माफी मिनाहा ऐन तथा संघीय ढाचामा जाँदा प्रहरी संगठनलाई आवश्यक पर्ने जनशक्ति व्यवस्थापनसम्बन्धी कार्ययोजना निर्माणको काम पनि अघि बढाइएको छ ।

विरोध प्रदर्शनस्थल तोकिने

काठमाडौँ उपत्यकामा राजनीतिक दललगायत विभिन्न संघसंगठनका तर्फबाट आआफ्ना गुनासो र विरोध प्रदर्शन गर्न रत्नपार्कस्थित शान्तिबाटिकामा पूर्वाधारसहित विरोध प्रदर्शनस्थल तोक्ने कि भन्ने बारे कुराकानी भइरहेको उनले बताए ।
नेपाल प्रहरीलगायत संगठनमा कार्यरत जनशक्तिलाई कार्यसम्पादन करार गरेर त्यसैका आधारमा पारदर्शी रुपमा बढुवा मूल्यांकन गर्न सकिने वा नसकिने भन्नेबारे छलफल भइरहेको बताउँदै गृहमन्त्रीले आगामी दिनमा प्रहरीमा बढुवा प्रक्रिया देखिएको त्रुटि सच्याइने बताए ।
राष्ट्रिय अनुसन्धान विभागको औचित्य र कामकारबाहीका विषयमा राखिएको प्रश्नको जवाफमा गृहमन्त्री शर्माले भने “अनुसन्धानलाई अनुसन्धान गर्ने राम्रो संगठन बनाइने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *