२०८१ वैशाख १३ गते | 25th of April 2024

प्रदर्शनको तयारीमा चलचित्र ‘संरक्षण’

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन २२ गते १४:१०

 

इटहरी, २२ साउन । देशको विद्यमान राजनीतिक अवस्था र परिस्थितिसँग मेल खाने कथावस्तुमा तयार पारिएको चलचित्र ‘संरक्षण’ यही साउन २७ गतेदेखि देशभरका चलचित्र हलमा एकसाथ प्रदर्शनमा आउने भएको छ ।

नेपाली–नेपालीका बीचमा पछिल्लो समयमा विभेद, राजनीति तथा नेपाली जनताले भोग्नु परेका पीडालाई चलचित्र संरक्षणमा समेटेको निर्माता एवम् प्रमुख वितरक नरेन्द्र महर्जनले जानकारी दिए ।

राजनीतिक तथा प्रशासनिक क्षेत्रमा मौलाएको विकृति, मनपरीलगायत विषय वस्तुलाई चलचित्रमा समेटिएको छ । मधेश र पहाडका बासिन्दाबीच उत्पन्न समस्या र त्यसले समाजमा पारेको प्रभावलाई समेत चलचित्रमा उजागर गरिएको चलचित्र निर्देशक पूर्णन्द्र झाले बताए ।

चलचित्रको कथावस्तुमा सफल सञ्चारकर्मीको भूमिकामा मेलिना जोशी र पहाडमा जन्मी हुर्किएर मधेशको समाजमा संघर्षपूर्ण जीवन बिताउन पुगेकी अशिष्मा नकर्मीको सशक्त भूमिकाले समाज परिवर्तनका लागि राजनीति शुद्ध बन्न जरुरी रहेको दर्शाइएको छ । सो चलचित्रमा कलाकारहरु निखिल उप्रेती, सौगात मल्ल, रमेशरञ्जन झा, मलिना जोशी, अशिष्मा नकर्मी, प्रमोद अग्रहरि, कामेश्वर चौरसिया, कृष्ण सिँह, रमेश बुढाथोकी, नीर शाह, भोला शाह, नन्दु श्रीवास्तवलगायतको सशक्त भूमिका रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *