२०८१ वैशाख १३ गते | 25th of April 2024

राज कुमार मोक्तानको ‘सम ताबा म्ही’ अमेरिकामा नोमिनेशन

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन २२ गते १५:२८

विगत करीब २० बर्ष अघिदेखि नेपाली तथा तामांग गीत लेखनमा सक्रिय राज कुमार मोक्तान केही बर्ष अघि देखि संगीतमा पनि लागि परेका थिए । उसले एउटा तामांग फ्याफुल्लाू र अभिलाषा,अभिप्राय,अंतर्द्रिस्ती र नेपाली तारा सिजन थ्री का बिजेता प्रताप लामाको आई लभ यु फरेभरु गरी चारवटा नेपाली गीति एल्वम निकाली सकेका छन् ।

त्यस्तै राजनैतिक व्यंग्यात्मक खण्डकाब्य शान्तिको अपहरणु नामक पुस्तक पनि प्रकाशित गरिसकेका छन् । एल्वम मात्रै होइन थुप्रै फुटकर गीतहरु पनि कलेक्सन एल्वममा अन्तर्गत श्रोतासमक्ष आइसकेका छन् । बरिस्ठ संगीतकार शिला बहादुर मोक्तान, सुरेश अधिकारी,आलोक श्री,महेश खड्का साथै अहिलेका चर्चित फिल्मी संगीतकार अर्जुन पोखरेलसंग काम गरिसकेका मोक्तानका गीत भने बरिस्ठ तथा चर्चित गायक गायिका रामकृष्ण ढकाल, यम बराल, कुन्ती मोक्तान,आनन्द कार्की, अन्जु पन्त,उदय(मनिला सोतांग,सपन कुमार राई, राजेश पायल राई, शर्मिला बर्देवा, रीमा गुरुङ, ममता दिपविम, प्रमोद खरेल ,प्रताप लामा,सिन्धु मल्ल, कृष्णभक्त राई, नेत्र राई, जगत दोङ्ग, विश्व दोङ्ग, तिर्थ मोक्तान, सृजना तामांग आदि कलाकारहरुसंग कुनै आफ्नै संगीतमा र कुनै ती माथिका संगीतकारहरुको संगीतमा नेपाली सांगीतिक क्षेत्रमा आफ्नो नाम स्थापित गर्न सफल गीतकार राज कुमार मोक्तानको तामांग कथानक चलचित्र सम ताबा म्ही तामांग समाजमा मात्रै होइन ।

नेपाली समाजमै छोरीलाई गरिने शैक्षिक र लैंगिक विभेदको खुलेरै बिरोधमा उत्रेको फिल्म सुटिंगको क्रममै एकदमै खर्चिलो र गुणस्तरीय फिल्म भनेर देशदेखि विदेशसम्म चर्चा कमाउन सफल साच्चै नै यतिखेर उनको यो फिल्म यही अगस्ट २५ देखि २७ सम्म अमेरिकामा हुन गैरहेको नेपाल आदिवासी फिल्म फेस्टिभल, न्यू योर्क(२०१७ु मा ९ वटा विधामा नोमिनेशनमा पर्न सफल भएको यो एक मात्र तामांग फिल्म हो । जसमा बेस्ट कथा, निर्देशन र संगीतमा राज कुमार मोक्तान, बेस्ट नायकमा ऋतुराज पाख्रिन, बेस्ट नायिकामा सुष्मा थिङ्ग, बेस्ट सिनेम्याटोग्राफी र सम्पादनमा बिक्रम लामा (मोक्तान ), बेस्ट भेषभुषामा सबिना मोक्तान र ‘सेम ताबा म्ही’ पनि बेस्ट फिल्ममै परेका छन् ।

गीतकार राज कुमार मोक्तानको आफ्नै परिकल्पना .( कथा) र निर्देशनमा निर्मित सम ताबा म्ही उसको लागि मात्रै होइन तामांग फिल्म क्षेत्रमै एउटा ऐतिहासिक उपलब्धी हासिल गरेको र हामी तामाङ्ग समुदायले नै गर्व गर्ने क्षण हो यो । प्रायस् सबै विधामा पर्न सफल यो फिल्ममा चारवटै गीतको शब्द र संगीत निर्देशक मोक्तानले नै गरेका हुन् र पटकथा । संवाद ऋतुराज पाख्रिन, छायाँकन र सम्पादनमा बिक्रम (लामा) मोक्तान, द्वन्दमा राजु दोङ्ग तामांग, कोरिओग्रफिमा दिपक तामांग, सृंगारमा यमर सिङ्ग ब्लोन र कलाकारहरुमा मुख्यमा ऋतुराज पाख्रिन र सुष्मा थिङ्ग, गंगा मोक्तान, सौरब लामा, दिपसीखा लामा, राजु नेगी, प्रतिक ङ्गेसुर तामांग,उर्मिला दोङ्ग आदिको प्रस्तुति रहेको यस फिल्म  प्रिन्स मुभिज एण्ड एक्स्ट्राभेग्यान्जा प्रा। लि। को ब्यानरमा बजारमा यो फिल्मको एकल निर्माता पनि राज कुमार मोक्तान नै हुन् र यस फिल्मलाई अंग्रेजीमा सब टाइटल निर्देशक आफैले गरेका छन् भने अग्रेजी नाम The Beloved One भनेर रखिएको छ र बधाई छ राज कुमार मोक्तानलाई तामांग फिल्ममै ऐतिहासिक फिल्म बन्न सफल भएकोमा ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *