२०८१ वैशाख १३ गते | 25th of April 2024

कसले जिते एलजी सिने सर्कल अवार्ड ?

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन २३ गते १५:२१

काठमाडौं, २३ साउन । निजी क्षेत्रबाट निर्मित पहिलो नेपाली चलचित्र माइती घरलाई सम्झँदै आयोजित एलजी सिने सर्कल अवार्ड २०७४ मा चलचित्र जात्राले बाजी मारेको छ ।
धेरै विधामा प्रदीप खड्का निर्देशित चलचित्र जात्राले अवार्ड हात पारेको छ । नेपाली सेनाको साङ्गीतिक समूहको प्रस्तुतिबाट सुरु भएको अवार्ड कार्यक्रममा चलचित्र माइतीघरका अभिनेता सिपि लोहनी तथा अभिनेत्री माला सिन्हालाई विशेष सम्मान गरिएको थियो ।
माइतीघरले नेपाली चलचित्र क्षेत्रको इतिहास बोकेको र यसले नेपाली सिनेमालाई उचाईमा पुर्याएको भन्दै चलचित्रको टिमलाई नै सम्मान गरिएको थियो ।
पुराना दिन सम्झदै र आफूलाई ठूलो सम्मान मिलेको भन्दै कुनै समयकी भारतीय चलचित्र उद्योगकी चर्चित कलाकार माला सिन्हा भावुक भएकी थिइन् ।
धेरै जसो विधामा मनोनयनमा परेको जात्राले उत्कृष्ट चलचित्र, उत्कृष्ट अभिनेता, उत्कृष्ट निर्देशक, उत्कृष्ट अभिनेत्री, उत्कृष्ट सिनेमाटोग्राफरसहितका अवार्ड हात पार्‍यो । जात्राका निर्देशक प्रदीप भट्टराई उत्कृष्ट निर्देशक, बिपिन कार्की उत्कृष्ट नायक, वर्षा राउत उत्कृष्ट नायिका घोषित भए ।
त्यस्तै नेपाली चलचित्रको क्षेत्रमा द्वन्द्व निर्देशक भएर योगदान पुर्‍याएबापत वरिष्ठ द्वन्द्व निर्देशक एनबी महर्जनलाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो ।

एलजी सिने सर्कल अवार्डका अन्य विजेता
बेस्ट म्युजिक डिरेक्टरः कालीप्रसाद बास्कोटा, नीर जैले रिसाउनी, पुरानो डुङ्गा बेस्ट कोरियोग्राफरः कविराज गहतराज, पूर्व पश्चिम रेल, छक्का पन्जाबेस्ट सिनेमाटोग्राफरः दीर्घ गुरुङ, जात्राउत्कृष्ट पाश्र्व गायन (पुरुष) युवराज चौलागाईं, पलाँसउत्कृष्ट पाश्र्व गायन (महिला) मिना निरौला, ठमेल बजार, लूट २चर्चित कलाकार (पुरुष) दीपकराज गिरी, छक्का पन्जाचर्चित कलाकार (महिला) प्रियंका कार्की, छक्का पन्जा

Leave a Reply

Your email address will not be published. Required fields are marked *