२०८१ वैशाख ८ गते | 20th of April 2024

प्रवासमा संगितद्दारा समुदाय जोड्ने गोरखाली अभियान्ता – मिन केसी (भिडियो सहित)

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन २३ गते १९:१९

गोकुल ढकाल, लस एन्जलस । सात समुन्द्र पारी आएर बचेँको समयमा संगित, साधना र सेवामा सदैव उर्जाशिल सामाजिक अभियान्ता एउटा गोरखालीको नाम हो, मिन केसी । गोरखाका चर्चित लोक गायक केसी नेपाली लोक संगितमा त्यत्तिकै चलेको ना हो । रंगशालामा, परदेशी, आकाशैमा जुन, बेशी मेलामा र बिदेश बसेको जस्ता पांच वटा लोक गिती एल्बम निकालेका केसी अमेरिकाको बोस्टन शहरमा ‘शुशेली संगित समुह’मा गायकको रुपमा सकृय छन ।

चाड पर्व, सांस्कृतिक कार्यक्रम, तिहारको देउसी भैलो लगायत संस्क्रिती जगेर्ना गर्ने हरेक खाले कार्यक्रममा माइक समाउंदै लोक गीत गाउन प्रख्यात केसी बोस्टन र त्यस क्षेत्र वरपर सामुदायिक भवन निर्माणको अभियानमा संगित, सेवा र कर्मले जागरुक छन ।

टेक्सास, लस एन्जलस, डिसी क्षेत्र र बोस्टनमा सामुदायिक केन्द्रका लागि आफ्नो मुखराबिन्दुबाट महापुराण सम्पन्न गर्दै-गराउंदै हिंडेका चर्चित वाचन प्रविण दिनबन्धु पोखरेलज्यूको उपस्थितीमा हिजोबाट शुरु भएको महापुराणको अगावै ‘बोस्टन सप्ताह’ को सहयोगार्थ ‘ॐ नम शिवाय:’ एल्बम निकालेका केसी पशुपती बुद्ध फाउन्डेशन, न्यू एङ्ल्यान्डमा पनि उत्तिकै सकृय छन ।

आफ्नो पछील्लो  गिती एल्बम बिक्रीबाट आएको सबै रकम पशुपती बुद्ध फाउन्डेशन, न्यू एङ्ल्यान्डलाई प्रदान गर्ने घोषणा गरेका केसीको यो प्रयास भने हिजोबाट शुरु भएको ‘बोस्टन सप्ताह’को प्रोमो र कार्यक्रममा भने देखेको पाईेएन । समाजमा समानताको नारा दिनेहरुले सर्जकको ईज्जत गर्न सक्नुपर्ने मान्यता राख्नुपर्छ । आफ्नै बलिबुताबाट सहकर्मीको सहयोगमा पांच छ वटा एल्बम प्रकाशित गरी सम्पूर्ण रकम सामाजिक संस्थालाई दिंदै निरन्तर सामाजिक कार्यमा लागिपरेका सर्जकको ईमान गर्नु अभियान्ताहरुको कर्तब्य हो ।

दु:ख गरेर बनाएको बोस्टन सप्ताहको म्युजिक भिडियो आयोजक समितिले प्रचार तथा संचालनमा समाबेश नगराएकोमा चाँहीं सर्जक केसीले दु:ख पोखेको छन । संगितलाई साधना हुंदै सेवामा बिस्तार गरेर भवन निर्माण गर्ने सपना साकार पार्न लागिपरेका केसीको निरन्तरत सफलताको शुभकामना !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *