२०८१ वैशाख ११ गते | 23rd of April 2024

लस एन्जलसबाट बलराम थापाद्दारा एनआरएन आईसिसीमा उम्मेद्वारी घोषणा

खुल्लामन्च
 प्रकाशित: २०७३ फागुन २४ गते १:२४

लस एन्जलस, अमेरिका ।

एनआरएन, अमेरिकाको चुनावी सरगर्मी बढ्दै गईरहेको बखत लस एन्जलसबाट बलराम थापाले आफु आईसीसी सदस्यमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको छ । एनआरएन अमेरिकाको एक कार्यकाल बोर्ड अफ डाईरेक्टर पदमा रही कार्य अनुभव बटुलिसकेका थापाले एनआरएनको केन्द्रिय संजालमा रहेर काम गर्ने जांगर जागेको बताउनुभएको छ ।
लस एन्जलस क्षेत्रबाट प्रथमपटक ‘समुदाय’ नेपाली मासिक पत्रिका प्रकाशन गर्दै आईरहेका समुदाय मासिकका प्रधान-सम्पादक थापा सामाजिक र शैक्षिक अभियानमा निरन्तर लागिरहेका एक परिचित अभियान्ताको नाम हो । श्रीपशुपतिनाथ फाउण्डेशनमा संचालित नेपाली भाषा पाठशालाका संचालक थापाको अगुवाईमा स्थानिय आर्टेसिया नगरको लाईब्रेरीमा नेपाली भाषाको छुट्टै सेक्सन खोल्न सफल भएको कार्य चर्चित छ ।
शालिन, कम बोल्ने र केही न केही सामाजिक कार्य गरिरहने थापाको आईसीसी उम्मेद्वारी सहित लस एन्जलसबाट अहिले सम्म एनआरएन चुनावमा उम्मेद्वारी दिनेको संख्या तीन पुगेको छ । स्मरणीय छ, यस अघि बोर्ड अफ डाइरेक्टरमा राजन अधिकारी, महिला संयोजकमा ईन्दिरा त्रिपाठीले उम्मेद्वारी घोषणा गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *