२०८१ वैशाख ८ गते | 20th of April 2024

राष्ट्रसङ्घको युवा सम्मेलनमा नेविसङ्घ

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन २७ गते ५:३७

वासिङटन डिसी, २७ साउन । संयुक्त राष्ट्रसङ्घको २०औँ युवा सम्मेलनमा नेपाल विद्यार्थी सङ्घका अध्यक्ष नैनसिं महरको नेतृत्वमा नेपालको एक प्रतिनिधीमण्डलले सहभागिता जनाएको छ ।

राष्ट्रसङ्घको मुख्यालय न्यूयोर्कमा आयोजित उक्त सम्मेलनमा सहस्राब्दी विकास लक्ष्यका बहुपक्षीय विषयमा छलफल भएको महरले राससलाई जानकारी दिनुभयो । “हामीहरुले नेपालका तर्फवाट सहस्राब्दी विकास लक्ष्यमा युवाको सहभागिताको विषयमा समूहगत छलफलमा भाग लिएका छौँ”, महरले रासससँग भन्नुभयो ।

विश्वका एकसय चार देशका युवाको सहभागिता रहेको सम्मेलनमा गरिबी निवारण, शिक्षामा युवाको पहुँच, संस्थागत सुशासन लगायतका विषयमा छलफल हुने र त्यसमा नेपालका तर्फवाट पनि आफ्नो धारणा राखिने कार्यक्रम रहेको नेवि सङ्घका महामन्त्री सरोज थापाले राससलाई जानकारी दिनुभएको छ । सम्मेलन बुधबार शुरु भएर चार दिनसम्म चल्नेछ ।

नेपाल विद्यार्थी सङ्घका अध्यक्ष नैनसिं महरको नेतृत्वमा रहेको नेपाली प्रतिनिधिमण्डलमा महामन्त्री सरोज थापा र नेवि सङ्घका वैदेशिक विभागका सल्लाहकार डिवी सुनारले उक्त सम्मेलनमा भाग लिनुभएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *