२०८१ वैशाख १४ गते | 26th of April 2024

नेविसंघ अध्यक्ष महरको सहभागीतामा नेजस अमेरीका लंग आइल्याण्ड च्याप्टरद्धारा अन्तरक्रिया सम्पन्न

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन २९ गते ०:०९

अमेरीका – नेपाली जन सम्पर्क समिती अमेरीका लंग आइल्याण्ड च्याप्टरले शुक्रबार नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महर तथा महासचिव सरोज थापाको सहभागीतामा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

च्याप्टर सभापती विश्वराज बास्तोलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेविसंघ अध्यक्ष महर तथा महासचिव थापा संगै नेपाली जन सम्पर्क समिती अमेरीकाका अध्यक्ष आनन्द बिष्ट, केन्द्रिय सदस्य परमानन्द खनाल, लंग आइल्याण्ड नेपाली समाजका अध्यक्ष टिकाराज ढकाल, नेजस प्रशिक्षण बिभाग सदस्य स ुजन खनाल, संगठन बिभाग सदस्य महेन्द्र शाह, सांस्कृतिक बिभाग सदस्य शंकरनारायण प्रजापती, पुर्व विद्यार्थी नेता पण्डित पिपलमणि सिग्देल, ब्लड डोनर्स एसोसिएसनका अर्जुन मैनाली लगायतले बोल्नुभएको थियो ।

च्याप्टर उपसभापती बिनोद थापाले स्वागत मन्तव्य दिनुभएको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेविसंघ अध्यक्ष महरले लाखौं युवाहरु बिदेशीनु स ुखद नभएपनि अव देश समृद्धितिर जाने र युवाहरुका लागी स्वदेशमै रोजगारी सृजनाको वातावरण बन्ने विश्वास व्यक्त गर्नुभएको लंग आइल्याण्ड च्याप्टर सभापती बास्तोलाले जानकारी दिनुभयो ।

सो अवसरमा अध्यक्ष महरले देश संबिधान कार्यान्वयनको चरणमा रहेको र अव मधेसी दल सहित निर्वाचन सम्पन्न हुने बताउनुभयो ।

कार्यक्रममा बोल्दै जन सम्पर्क समिती अमेरीकाका अध्यक्ष बिष्टले नेजस अमेरीका अव अधिबेसनको तयारीमा रहेको जानकारी गराउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *