२०८१ वैशाख ८ गते | 20th of April 2024

आइतबार विहानै गएको पहिरोमा एकै घरका ६ जनाको मृत्यु, थप विवरण आउन बाकी

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन २९ गते ५:४९

काठमाडौं २९ साउन । मकवानपुर जिल्लाको बकैया गाउँपालिका–१० मा पहिरोले पुरिएर एकै घरका ६ जनाको मृत्यु भएको छ । आइतबार बिहान वर्षासँगै आएको पहिरोमा पुरिएर एकै परिवारका ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ । मृत्यु भएका परिवारको विवरण लिन ठिङ्गनबाट घटनास्थलतर्फ प्रहरी टोली गइसकेको र थप विवरण आउन अझै केही समय लाग्ने भएको जिप्रका मकवानपुरका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *