२०८१ वैशाख १२ गते | 24th of April 2024

बाढी पहिरो पिडितलाई सहयोग गर्न नेपाल अमेरीका पत्रकार संघको अपिल

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन २९ गते २०:४२

टेक्सास (अमेरीका)- नेपाल अमेरीका पत्रकार संघ (नेजा) ले नेपालका बाढी पहिरो पिडितका लागी सहयोगी हातहरु अघि बढाउन अपिल गरेको छ ।

नेजाका अध्यक्ष भोला आचार्यले आइतबार एक विज्ञप्ती जारी गर्दै विपतमा परेका नेपालीहरुलाई राहत प्रदान गर्न अमेरीकामा रहेका नेपालीहरुलाई सक्दो सहयोग गर्न आह्वान गर्नु भएको हो ।

अध्यक्ष आचार्यले नेपाल पत्रकार महासंघले यस्तो विपतको अवस्थामा संबेदनशिल भई समाचार सम्प्रेषण गर्न गरेको अपिल प्रति पनि नेजाको एैक्यबद्धता रहेको बताउनुभएको छ ।

अध्यक्ष आचार्यद्धारा जारी विज्ञप्ती

बाढीपीडितका लागी नेजाको हार्दिक अपिल :

जन्मभूमी नेपालमा अहिले भारी बर्षातका कारण आएको बाढी, पहिरो र डुबानमा परी ठूलो जनधनको क्षति भएकोमा नेपाल अमेरिका पत्रकार संघ, नेजा गहिरो दुःख व्यक्त गर्दछ । अहिलेसम्म ३० जनाको मृत्यु भैसकेको र हजारौ प्रभावित रहेकोले थप क्षति हुन नदिन नेपाल सरकार र राज्यका सवै निकायहरूलाई सम्वेदनशील वनि क्षेतिग्रत क्षेत्रका जनताको उद्वारमा यथासक्य कदमको अपेक्षा गर्दछौं । प्राकृतिक विपत्तिको यस घडीमा सामान्य अवस्थाम भन्दा बढी संवेदनशील भई सूचना संप्रेषण गरिदिन नेपालस्थित सम्पूर्ण सञ्चारकर्मी मित्र एबं आमसञ्चारमाध्यमहरूलाई नेपाल पत्रकार महॉसंघले गरेको अपिलप्रति नेजा एैक्यवद्वता जनाउन चाहन्छ । यस्तो बिपतको समयमा अमेरिकामा रहेका नेपाली र नेपालसग संवन्धित संघ संस्थाहरुलाई सहयोगका हातहरु अगाडि बढाउन पनि नेजा आह्वान गर्दछ ।

भोला आचार्य अध्यक्ष,
नेपाल अमेरिका पत्रकार संघ, नेजा
Nepal America Journalists’ Association (NEAJA), USA

Leave a Reply

Your email address will not be published. Required fields are marked *