२०८१ वैशाख १३ गते | 25th of April 2024

संसदबाट पारित सामाजिक सुरक्षा विधेयक कार्यन्वयनमा चुनौती रहेको वक्ताहरुको निष्कर्ष

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन ३० गते ११:३८

 

काठमाडौं ३० साउन । व्यवस्थापिका संसदबाट सामाजिक सुरक्षा विधेयक पारित भएसंगै विभिन्न व्यक्तिहरुले आप्mनो विचार व्यक्त गरेका छन । सोमबार नेपाल ट्रेड युनियन काग्रेसले आयोजना गरेको योगदानमा आधारित सामाजिक सुरक्षा ऐन र संशोधित श्रम ऐनको कार्यन्वयन बिषय अन्तक्रिया कार्यक्रममा विभिन्न व्यक्तिहरुले विचार व्यक्त गरेका हुन ।


अन्तक्रिया कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले सामाजिक सुरक्षा विधेयक संसदबाट पारित भए पनि यसको कार्यन्वयनमा कठिन रहेको निष्कर्ष निकालेका छन । नेपाली कांग्रेसका आनन्दराज ढुंगानाले नेपालमा उद्योग कारखाना धरासायी बन्नुको मुख्य कारण मजदुरको सुरक्षा नभएको उल्लेख गरे । जबसम्म देशमा औधोगिक प्रान्तिय बन्दैन तव सम्म उद्योग राम्रोसंग चल्न सक्दैनन ढुंगानाले बताए । ढुंगानाले योगदानमा आधारित सामाजिक सुरक्षा प्रदान गर्ने सम्बन्धनमा बनेको विधेयक संसदमा पारित भएपनि यसको कार्यन्वयनमा कठिन हुन सक्ने भन्दै यसलाई कार्यन्वयनको पाटोमा लाग्न नेपाल टे«ड युनियन कांग्रेस तथा अन्तराष्ट्रिय श्रम संगठन आइएलओले महत्वपूर्ण भूमीका निभाउनु पर्नेमा जोड दिए ।


त्यसैगरी कार्यक्रममा बोल्दै नेपाल टे«ड युनियन कांग्रेसका अध्यक्ष खिलानाथ दाहालले लामो समयको संघर्षसंगै मजदुरहरुको हकहितको लागि सामाजिक सुरक्षा विधेयक पारित भएको विचार व्यक्त गर्दै उक्त विधेयक संसदबाट पारित गर्नका लागि टे«ड युनियन र आइएलओको महत्वपूर्ण योगदान रहेको उल्लेख गरे । अध्यक्ष दाहालले भने यो एउटा उपलब्धि हो यसको कार्यन्वयनको पाटो भने निकै चुनौतीको बिषय रहेको छ । यसको कार्यन्वयनको लागि योगदानमा आधारित सामाजिक सुरक्षा प्रदान गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धी नियमावली तथा निर्देशिका बनाउनु आवश्यक रहेको बताए । यस सम्बन्धी नियमावली तथा निर्देशिका नबने यो विधेयक कार्यन्वयनमा आउन गाह्रो हुने उनको भनाइ थियो । नियमावली र निर्देशिका बनेपछि मात्र विधेयकले पूर्णता पाउने दाहालले बताए । यसका लागि सबैले खबरदारी गर्नुपर्ने बताए ।


त्यसैगरी कार्यक्रमा बोल्दै सासद भरतबहादुर कुँवरले यो विधेयक अरुको लागि नभएर श्रमिकको हक हित र सुरक्षाका लागि भएको उल्लेख गरे । निजामति कर्मचारीको छुट्टै ऐन भएका कारण दोहोरो सुविधा र दोहोरो अर्थ नलाग्नेगरी यो विधेयक मजदुरको लागिमात्र भएको बताए । कार्यक्रममा अर्को वक्ता सांसद पुष्कर आचार्यले संसदबाट पास भएका दुइ विधेयक श्रम विधेयक र सामासजक सुरक्षा विधेयक दुवै महत्वपूर्ण विधेयक भएको उल्लेख गरे । आचार्यले भने यो एउटा दस्तावेज हो यसलाई उपलब्धिको रुपमा लिनुपर्छ । संसदबाट विधेयक पारित हुनु एउटा रिजल्ट हो यसलाइए कार्यन्वयनमा लानुपर्ने बताए ।
त्यसैगरी कार्यक्रममा नेपाल ट्रेड युनियका बरिष्ठ उपाध्यक्ष केशब दाहालले २० बर्षपछि विधेयक संसदबाट पारित भएको उल्लेख गरे । यसलाई पारित गर्न निकै संघर्ष गर्नुपरेको बताउदै उनले विधेयक पारित गराउनका लागि टे«ड युनियनको भूमिकाबारे प्रष्ट पारे । यसका कार्यन्वयनका लागि अब राज्यले आफनो संयन्त्रहरु गाउगाउसम्म पुराउनु पर्ने बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *