२०८१ वैशाख ८ गते | 20th of April 2024

बबई नदीमा आएको बाढीका कारण पुल भत्कियो

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन ३० गते १५:३७

 

काठमाडौं ३० साउन । बर्दियाको बबई नदीमा आएको बाढीका कारण पुल समेत भत्किएको छ । आइतबार बबई नदीमा आएको भिषण बाढीका कारण जब्दीघाटमा निर्माण गरिएको पक्कि पुल भत्किएको हो । जब्दीघाटको पुलले सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिकालाई जोडेको थियो ।
जब्दीघाट पुल १६ करोड ६८ लाख ४ हजार रुपैयाँको लागतमा निर्माण गरिएको थियो । पुल सञ्चालनमा आएको वर्षदिन पनि नपुग्दै भत्किएको छ । पुलबिचको भागबाट भत्किएको छ । पुल निर्माण सम्पन्न भएलगत्तै संचालनमा आए पनि औपचारिक उद्घाटन भएको थिएन ।
पप्पु कन्ट्रक्सन निर्माण कम्पनीले २०६८ असार २५ देखि निर्माण शुरु गरेको थियो । निर्माण अवधी भन्दा डेढ वर्ष ढिलो गरि पुल सम्पन्न भएको थियो । ठेकेदारको लापरवाहीका कारण पुल जोखिममा परेको भन्दै स्थानीय बासिन्दाले विरोध गर्दै आएका थिए । तर सुनुवाई भएको थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *