२०८१ वैशाख १३ गते | 25th of April 2024

निर्वाचित भएको १५ औ दिनमा एनएमए पदाधिकारीकोे शपथ

खुल्लामन्च
 प्रकाशित: २०७४ भदौ ४ गते १६:१६

काठमाडौँ, ४ भदौ । नेपाल पर्वतारोहण सङ्घ एनएमएका नवनिर्वाचित पदाधिकारीहरुले निर्वाचित भएको १५ दिनपछि आज शपथ ग्रहण गरेका छन् ।

नागपोखरीस्थित एनएमएको कार्यालयमा प्रमुख निर्वाचन आयुक्त केशव थापाले नवनिर्वाचित पदाधिकारीलाई शपथ गराएका हुन ।

नवनिर्वाचित अध्यक्ष सन्तवीर लामाले एनएमएको गरिमालाई थप उचो बनाउन निर्वाचनका बेला गरिएका प्रतिबद्धता शत्प्रतिशत कार्यान्वयन गर्ने बताए ।

निर्वाचन सम्पन्न भएको केही दिनमै अध्यक्षमा पराजित जिम्बाजाम्बु शेर्पा समूहले निर्वाचन धाँधली भएको भनी जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा उजुरी दिएपछि विवादले निर्वाचित पदाधिकारीहरुको शपथ कार्यक्रम रोकिएको थियो ।

उजुरीउपर प्रशासनले चार सदस्यीय छानबिन समिति गठन गरी एक हप्ताभित्र प्रतिवेदन बुझाउन भनेको थियो । समितिले भदौ २ गते प्रतिवेदन जिल्ला प्रशासन कार्यालयलाई बुझाएको थियो ।

प्रतिवेदनमा सङ्घको निर्वाचन निष्पक्ष रुपमा सम्पन्न भएको र बदर हुन नसक्ने भन्दै फैसला गरेपछि आज शपथ भएको हो । गत साउन २१ गते भएको एनएमएको निर्वाचनले अध्यक्ष पदाधिकारीसहित १५ जनाको कार्यसमिति निर्वाचित गरेको थियो । जसमा अध्यक्ष लामा, उपाध्यक्षमा दिवसविक्रम शाह, द्वितीय उपाध्यक्षमा माया शेर्पा, महासचिवमा कुलबहादुर गुरुङ, सचिवमा टीकाराम गुरुङ र कोषाध्यक्षमा सुदर्शन न्यौपाने विजयी भएको थियो ।

त्यसैगरी, सदस्यमा प्रा डा हरिप्रसाद श्रेष्ठ, विनय शाक्य, पासाङटेण्डी शेर्पा, सञ्जीव गुरुङ, सिंगी लामा, मिङ्मार शेर्पा, तुलसी गुरुङ, दा गेल्जे शेर्पा र आङछेवाङ शेर्पा विजयी भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *