२०८१ वैशाख ११ गते | 23rd of April 2024

सिएरा लियोन पहिरोमा मृत्यु हनेको सङ्ख्या ४९९ पुग्यो

खुल्लामन्च
 प्रकाशित: २०७४ भदौ ४ गते १६:२३

 

 

फ्रिटाउन (सिएरा लियोन) , ४ भदौ । सिएरा लियोनमा अगस्त १४ गते परेको व्यापक बर्षापछि गएको पहिरो र बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ४९९ पुगेको स्थानीय सञ्चारमाध्यमले आइतबार जनाएको छ ।

पहिरो र बाढीका कारण अझै ६५० जना वेपत्ता भइरहेका बताइएको छ । मृतकमध्ये १६३ पुरुष, १६२ जना महिला, ७० जना बालक र ८६ जना बालिका तथा १८ जना अन्य रहेको आवाको पत्रिकाले जनाएको छ ।

बाढी र पहिरोका कारण दुई हजार नागरिक घरवार विहीन बनेका छन् । सिएरा लियोनका राष्ट्रपति अर्नेस्ट बाइ कोरोमाले बिहीबार मुलुकभर सात दिन शोकको घोषणा गरेका छन ।

चीन तथा घाना तथा अन्य देशबाट मानवीय सहयोगका विभिन्न समूह घटनास्थल पुगेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *