२०८१ वैशाख ४ गते | 16th of April 2024
[gam_ad_position alias='home-header-logo-right']
[gam_ad_position alias='home-after-main-menu']
[gam_ad_position alias='home-after-main-menu']

३३ किलो सुन तस्करीका मुख्य आरोपीलाई नेपाल ल्याइयो

[gam_ad_position alias='home-after-breking-news']
[gam_ad_position alias='home-after-breaking-newsmobile']
खुल्लामन्च
 प्रकाशित: २०७४ भदौ ५ गते १५:५१

काठमाडौँ, ५ भदौ । नेपाल प्रहरीले ३३ किलो ७४४ ग्राम सुन तस्करीका मुख्य आरोपी राजनप्रसाद पन्तलाई नेपाल ल्याएको छ ।

नेपाल प्रहरीको इन्टरपोल शाखाले गत पुसमा सुन तस्करीका मुख्य आरोपी पन्तलाई यूनाइटेड अरब इमिरेटस्को दुबई प्रहरीमार्फत पक्राउ गरी नेपाल ल्याएको हो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गत पुसमा त्रिभुवन विमानस्थलबाट उक्त परिमाणको सुन ल्याउँदै गर्दा १२ जनालाई पक्राउ गरेको थियो । पन्त त्यतिवेलादेखि नै फरार रहेका थिए । सिआइबीले तत्काल पक्राउ गरेका १२ जनामध्येका मुख्य आरोपी गोपालबहादुर शाही, दिलबन्धु थापा र सन्तोष काफ्ले हाल थुनामा रहेका छन् ।

सिआइबीका प्रहरी वरिष्ठ उपरीक्षक शेरबहादुर बस्नेतले आरोपी पन्तलाई पहिला नै मुद्दा चलाइसकिएको भए पनि इन्टरपोलले उनलाई दुबईबाट झिकाएर सिआइबीलाई जिम्मा लगाएकाले आजै अदालतमा मुद्दा पेश गरेको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

[gam_ad_position alias='home-after-main-news']
[gam_ad_position alias='home-after-main-news']
[gam_ad_position alias='home-above-rajniti']
[gam_ad_position alias='home-above-rajniti-mb']