२०८१ वैशाख ७ गते | 19th of April 2024

नेजाद्वारा महॉसंघको नवनिर्वाचित टीमलाई बधाई

खुल्लामन्च
 प्रकाशित: २०७४ भदौ १० गते १८:१५

अमेरिका, नेपाल स्थित पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महॉसंघको यहि भाद्र ४ र ५ गते सम्पन्न २५औं महाधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । महासंघका पूर्वउपाध्यक्ष समेतरहेका पत्रकार गोविन्द आचार्यको नेतृत्वमा नयॉ कार्यसमिति चयन गरेको हो । यसै अवसरमा उत्तर अमेरिकामा रहेका नेपालीमूलका पत्रकारहरूको साझा संस्था नेपाल अमेरिका पत्रकार संघ, नेजाले महॉसंघको नवनिर्वाचित कार्यसमितिलाई बधाई दिएको छ ।

नेजाका अध्यक्ष, भोला आचार्यले एक विज्ञप्ति प्रकाशित गर्दै महॉसंघको नयॉ टीमलाई बधाई तथा शुभकामना दिएका छन । नेजाले नेपाल पत्रकार महासंघसँग मिलेर पत्रकारिता पुरस्कार, घाईते एवं मृतक पत्रकारहरूलाई आर्थिक सहयोग जुटाउदै आएको छ ।

विगतका वर्षहरुमा जस्तै आगामी दिनहरूमा महासंघसँग आपसी सहमति र समझदारीमा सहकार्य गर्दै अझ दिगो र सार्थक संवन्ध कायम गर्ने कुरामा नेजा सदैव तयार रहेको नेजाका अध्यक्ष आचार्यले वताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *