२०८१ वैशाख ७ गते | 19th of April 2024

नलेखेको प्रेम कथा : गीत

खुल्लामन्च
 प्रकाशित: २०७३ फागुन २५ गते २१:४९

राखी गौचन

नभेटेको मान्छे सँग भेट्न मन लाग्यो,
नबोलेको मान्छे सँग बोल्न मन लाग्यो ।
ऊ पनि त आकासमा जुन हेर्दै होला,
चाँदनीको रङ्ग हेरी प्रीत गुन्दै होला ।

बसन्तमा सर्माउदै फूलहरु फुल्छन्,
अङ्गभरि मेरो पनि प्रीत रसाइ दिन्छ्न् ।
झुनझुनाउने पाउजुसँगै झुम्न मन लाग्यो,
आज आफ्नै बैँसलाई चुम्न मन लाग्यो ।

बतासले उन्को बास्ना बोकी ल्याउने हो कि,
मोहनीले मन्त्र गरी लट्ठ्याउने हो कि ।
पन्छीसङ्गै उडी उन्लाई खोज्न मन लाग्यो,
नलेखेको प्रेमकथा कोर्न मन लाग्यो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *