२०८१ वैशाख ६ गते | 18th of April 2024

बाढि पिडितको आँसु पुस्दै ल्याप्चेका कलाकारहरु

खुल्लामन्च
 प्रकाशित: २०७४ भदौ १३ गते ७:२९

मोरंग,  १३ भाद्र  : गत साउन २७ गते परेको अबिरल वर्षाको कारण बाढी पहिरोमा परी मोरंग जिल्लाको उर्लाबारी नगरपालिका वडा नम्बर ९ सतार बस्ती पुरै बगरमा परिणत भएपछि ल्याप्चे टेलिचलचित्रका कलाकारहरु पुगेर राहत बितरण गरेकाछन I

यस बस्तीमा अहिले सम्म कुनै पनी क्षेत्र बाट राहत नपुगेको सुचना पाएपछी ल्याप्चे राहत कोषका अध्यक्क्ष देब शाही ठकुरी कलाकारहरु: लक्ष्मण लम्साल, मित्र तामाङ्, हेमा शाही, गङ्गा लामा,प्रकाश लिम्बू ,दर्शनजंग शाही र दिलिप तामाङ् काठ्माण्डो बाट राहत लिएर मोरङ् पुगेका थिए I

उक्त गाउँका बासिन्दाहरुको घरमा भएको सामानहरु बगाएर लागेको र खेतमा लगाएको अन्नबाली पनी पुरै बालुवाले पुरे पछी के खाउ र के लाउँ भन्ने अबस्थामा ल्याप्चेका कलाकारहरु राहत लिएर त्यहाँ पुग्दा आफ्नो आँगनमा देउतैआएको भन्दै पिडित एक बृद्द इन्द्र बहादुर वाइबाले हर्षको आँसु झारे कुनै नौलो मान्छे आयोकी सहयोगको आशामा बसेको गाउलेहरुले शुरुमा बाराम्बार त्यहाँ पुगी आश्वासन मात्र दिने तर केही पहल नगर्ने राजनीतक कार्यकर्ता सम्झी आक्रोश ब्यक्त गरेपनि ल्याप्चे राहत कोषको अध्यक्ष्य देब बहादुर शाहीले हामी कुनै राजनीतक दलको कार्यकर्ता नभई कलाकार भएको र तपाईहरुलाई सहयोग गर्न आएको कुरा खुलाएपछि गाउलेहरु संमम्यमित भई स्वागत गरेका थिए i

ल्याप्चे कलाकार टोलीले नगरप्रतिनिधी, प्रहरी प्रशासन, बुद्दिजिबी,वडा अध्यक्ष्य र पत्रकारको रोहोबरमा करिब २ लाख बराबरको खाध्यान्न र लत्ता कपडा बितरण गरेका थिए i यस्तो विपतको बेला पनी देशको ढिकुटीको साँचो बोकेको सरकारले कुनै वास्ता नगरेको बेला कलाकारको टोलीले आफ्नो सिमित स्रोत र साधनको बाबजुध पनी पिडितको घाउमा थोरैभएपनी मलम लाउने काम गरेको छ i एस्तो विपतको बेला पनी कुनै सहानुभूति सम्म दिन नआउने सरकारलाई गाली गर्दै विपतको बेला सहयोग गर्ने साथी भनेको कलाकार नै रहेछ वन्न्दै कलाकारको जय जयकार गरे i

Leave a Reply

Your email address will not be published. Required fields are marked *