1

राजधानीकै विद्यालय बाढीले डुब्यो

462 पटक पढिएको

 

 

काठमाडौँ, १६ भदौ । बाढीका कारण राजधानी काठमाडौँकै एक सामुदायिक विद्यालय डुबानमा परेपछि अनिश्चितकालका लागि पठनपाठन बन्द भएको छ ।

राम्रो नतिजा ल्याउनेमध्येको एक सामुदायिक विद्यालय ज्ञानोदय माध्यमिक विद्यालय ९बाफल० यही भदौ १४ गते रातिको वर्षासँगै नजिकैको मनमति खोलाको बाढी पसेर पाँच फिटसम्म डुबानमा परेको हो ।

शिशु कक्षादेखि १२ सम्म कुल दुई हजार २०० विद्यार्थी र ७६ जना शिक्षक रहेको सो विद्यालयको पूर्व र उत्तरतर्फबाट मनमति खोला पस्दा करिब रु ५५ लाख बराबरको क्षति भएको प्रधानाध्यापक नातिकाजी महर्जनले राससलाई जानकारी दिनुभयो । “सोच्नै नसकिने गरी विक्षिप्त स्थिति बनेको छ, उद्धारका लागि सम्बन्धित निकायमा गुहार मागिएको छ तर पर्याप्त सहयोग पाइएको छैन”– उहाँले भन्नुभयो, “जतिखेर पनि विद्यालयमा बस्न मन पराउने हामीलाई अहिले पस्नै मन नलाग्ने बनाइदिएको छ ।”

विद्यालयमा बिहीबार र शुक्रबार पढाइ पूर्णतः बन्द भएको छ भने हिलो पन्छ्याउन कठिन भएकाले अझै केही दिनपछि मात्र विद्यालय खुल्न सक्ने देखिएको छ ।
तराई–मधेशमा आएको बाढीका कारण पूर्ण क्षति भएका विद्यालय पुनः निर्माणका लागि करि रु एक अर्ब र तत्काल राहतका लागि रु ४० करोड आवश्यक पर्ने देखिएको छ । रासस

तपाईको प्रतिक्रिया

काठमाडौँ  -  लकडाउनको   अबधिमा पनि  कर तिर्न   ताकेता  गरेको  सरकारले   ब्यापक बिरोध  पछि  आफ्नो .. ...

काठमाडौँ- सरकारले कोभिड–१९ को विश्वव्यापी सङ्क्रमणका कारणबाट उत्पन्न असहज परिस्थितिमा.. ...

काठमाडौँ -  नेपालमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि मृत्यु हुनेको सङ्ख्या नौ पुगेको छ ।.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...