२०८१ वैशाख १२ गते | 24th of April 2024

पोल्याण्ड हार्‍यो, डेनमार्कको शानदार जित

खुल्लामन्च
 प्रकाशित: २०७४ भदौ १७ गते २:४०

एजेन्सी । विश्वकप फुटबल २०१८ को छनौट खेल सुरु भएको छ । शुक्रबार राती युरोपियन क्षेत्रको छनौट अन्तर्गत समूह ‘इ’ रहेको पोल्याण्ड डेनमार्कसँग ४–० ले पराजित भएको छ । डेनमार्कको जितमा थोमस डिलेनी, एन्ड्रियास कोर्निलियस, योर्गन्सन र एरिक्सनले गोल गरे । १५ औं मिनेटमा डिलेनीले गोल गर्दै डेनमार्कलाई सुरुवाति अग्रता दिलाए । ४२ औं मिनेटमा कार्निलियसले गोल गर्दै अग्रता दोब्बर पारे ।
५९ औं मिनेटमा योर्गन्सन तथ ८० औं मिनेटमा एरिक्सनले गोल गरेपछि डेनमार्क ४–० ले विजयी भयो । पराजित भएपनि सात खेलबाट १६ अंकसहित समूहको शीर्ष स्थानमा छ ।
विजयी भएको डेनमार्क १३ अंकसहित तेस्रो स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *