1

सोलुखुम्बुमा पर्यटकको चहलपहल, शनिबारमात्र १०४ पर्यटक खुम्बु प्रवेश

443 पटक पढिएको

सोलुखुम्बु १७ भदौ । सोलुखुम्बुमा पर्यटकहरुको चहलपहल सुरु भएको छ । पर्यटकका लागि सिजन सुरु भएसँगै बाह्य पर्यटकको चहलपहल सुरु भएको हो। शनिबार मात्र यस क्षेत्रको भ्रमणका लागि विभिन्न देशका १०४ जना पर्यटक खुम्बु प्रवेश गरेको पर्यटक प्रहरी प्रमुख असइ सरयुग महत्तोले जानकारी दिए। अधिकांश पर्यटक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाडौं हुँदै तेन्जिङ हिलारी विमान स्थल लुक्ला आएका हुन्।
भदौ ८ गते देखि शनिबारसम्मको तथ्याङ्कलाई हेर्दा २२८ जना पर्यटक खुम्बु भ्रमणमा आएका छन्। पर्यटन प्रहरी लुक्लाको तथ्याङ्क अनुसार भ्रमणमा आउनेमध्ये सबैभन्दा बढी बेलायतबाट ३३ जना, भारतबाट २९, अस्ट्रेलियाबाट २६ र अमेरिका बाट १५ जना पर्यटक छन्। यस्तै बङ्गलादेश, डेनमार्ग, चिल्ली, भेतनाम, ब्राजिल, पेरु, दुबई लगायतका देशबाट पनि पर्यटक आएका छन्।
पर्यटकको चहलपहलसुरु भएसंगै भरियाहरुको समेत चहलपहल बढेको छ।

तपाईको प्रतिक्रिया

काठमान्डौं - नेकपाका वरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले कोरोना संक्रमित.. ...

काठमाडौँ - कोरोना भाईरस कोभिड-१९ को संक्रमित भेटिने क्रम नरोकिएपछि सावधानीका लागि सरकारले.. ...

न्यूयोर्क - नेपाली कांग्रेसका नेताहरुले कोरोना भाइरस (कोभिड– १९)को महामारी फैलिएको अमेरिकामा.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...