२०८१ वैशाख १३ गते | 25th of April 2024

भारतीय रुपैयाँ ६८ लाख २० हजारसहित दुईजना पक्राउ

खुल्लामन्च
 प्रकाशित: २०७४ भदौ १८ गते १६:३७

काठमाडौँ, १८ भदौ । बनस्थलीबाट निषेधित भारतीय रुपैयाँ ६८ लाख २० हजारसहित शनिबार पक्राउ परेका दुईजना सो रकमको मालिक नभई भरीयामात्रै रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी वृत्त, स्वयम्भूले शनिबार गोंगबु बस्ने बाँकेको कोहलपुर नगरपालिकाकी कृष्णकुमारी राई र गोरखाको श्रीनाथ गाउँपालिकाका अर्जुन भण्डारीलाइ सो रकमसहित पक्राउ गरेको थियो ।

महानगरीय प्रहरी परिसर, काठमाडौँका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक रबिन्द्र धानुकले प्रारम्भिक अनुसन्धानको क्रममा पक्राउ परेका दुईजना सो रकमको मालिक नभएको र उनीहरुलाई भरियाको रुपमा मात्रै प्रयोग गरीएको हुनसक्ने देखिएको बताए ।

उहाँले रकमका वास्तविक मालिकको खोजी भइरहेको र छिट्टै पक्राउ पर्ने बताए ।

प्रहरीले उनीहरुको साथबाट भारु एकहजार र पाँचसय दरका जम्मा भारु ६८ लाख २० हजार बरामद गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *