२०८१ वैशाख ८ गते | 20th of April 2024

तराइमा पुगेर धुर्मुसले भने, ‘नहुनु थियो भइसक्यो’   (भिडियो सहित)

खुल्लामन्च
 प्रकाशित: २०७४ भदौ २० गते ५:२०

निकै मार्मिक कथा समेटिएको गीत ‘नहुनु थियो भइसक्यो’ बोलको गीत समाजिक सञ्जाल युटयुवमा सार्वजनिक भएको । भूकम्पले विचलित भएको जनजीवन अनि तराइमा आएको बाढी र डुवानमा परेर घरबार गुमाएकाहरुको कथालाई आधार मानेर यो गीतको म्युजिक भिडियो तयार गरिएको छ । गीतको म्युजिक भिडियोमा पछिल्लो समय सामाजिक काममा ख्याती कमाएका हस्यकलाकार सिताराम कट्टेल अर्थात धुर्मुसलाई रोल मोडल बनाइएको छ । धुर्मुसले गरेको सामाजिक कामलाई यस गीतमा उजागर गर्न खोजिएको पनि देखिन्छ ।


गीतलाई गोपाल सेन्चुरीले शब्द रचना गरेका हुन । सन्तोष दुमीले संगीतको ताल मिलाएका छन । दुमीले निकै मेहनत गरेर राम्रो संगीत निकालेका छन । सन्तोष दुमी, गीता सेन्चुरी, रेश विश्वकर्माले यस गीतमा स्वर दिएका छन । शब्द संगीतको संयोजनमा सुमधुर स्वरले यस गीतको सार्थकता अझ राम्रो पक्ष बनेको छ । त्यसमा पनि राजीव शाहको संगीत संयोजनले सुनमा सुगन्ध थपिदिएको छ ।
यस गीतको प्रोडक्सनको पाटोमा आनन्द प्रभाकर घिमिरे, राजेश थापा, दिनेश बजगाइको उत्तिकै महत्वपूण भुमीका देखिन्छ । छायाँकनमा आनन्द प्रभाकर घिमिरे, निर्देशनमा राजेश थापा र सम्पादनमा दिनेश बजगाइले यसमा राम्रो मेहनत गरेको देखिन्छ । राजेश थापा आपैmमा कुसल छायाँकार तथा सम्पादन क्षेत्रमा ख्यातिप्राप्त भएका कारण पनि यो गीतलाई सबै एङगलबाट अर्थपूर्ण तरिकाले हेर्न सकिने देखिन्छ ।
मार्मिक कथामा बनेका आकर्षक म्युजिक भिडियो यस्तो छ ।

 

https://www.youtube.com/watch?v=DqhBJIv77pQ

Leave a Reply

Your email address will not be published. Required fields are marked *