२०८१ वैशाख ६ गते | 18th of April 2024

६० लाख लिएको प्रमाण दिनुस्, ६० सेकेन्ड यो धर्तीमा रहन्न : वाचनप्रविण दिनबन्धु पोखरेल (भिडियो सहित)

खुल्लामन्च
 प्रकाशित: २०७४ भदौ २१ गते १६:५३

लस एन्जलस, अमेरिका ।  सेतोपाटी अनलाईन पत्रिकामा पन्डित दिनबन्धु पोखरेलले न्यूयोर्क महापुराणबाट ६० हजार अमेरिकी डलर लिएर नेपाल गएको भनि प्रकाशित भएको समाचारप्रती पन्डित पोखरेलले कुन सत्यता नभएको जनाएका छन । ‘यस्ता झुटा समाचारको प्रमाण दिनुस्, ६० सेकेन्ड यो धर्तीमा रहन्न’ वाचनप्रविण पोखरेलले फोन वार्तामा जनाएका छन ।

सत्य समाचारको पछी लाग्न आफ्न शुभचिन्तक र आफन्तजनहरुलाई आग्रह गर्दै पन्डित पोखरेलद्दारा जारी बक्तब्य :

समादरणीय सज्जनहरू,
नमस्कार ।
नेपालले विश्व लाई नेतृत्व गर्नुपर्छ भन्ने महान संकल्प लिएर अघि बढीरहेको सन्दर्भमा मलाई र आयोजकहरूलाई बदनाम गर्ने ढङ्गले न्यूयोर्क महापुराणको विषयलाई लिएर कपोल्कल्पित एवम भ्रामक समाचार सम्प्रेषण भएकोमा मेरो गम्भिर ध्यानाकर्षण भएको छ । मेरो यसमा धेरै केही भन्नु छैन, मेरो चाहना नेपाली संस्कृती, ति पूर्वीय धर्मदर्शनलाई विश्वव्यापी रुपमा उजागर गर्नु हो । यसमा जस्तोसुकै बाधा व्याबधान आएपनि म कर्मठ भएर लग्नेछु ।

मेरो लक्ष्य धन दौलत होईन । मेरो साध्य सम्पत्ती थुपार्ने होईन । अनि मेरो उद्देश्य वैदिक र बुद्ध दर्शनले विश्वलाई नेतृत्व गर्नुपर्छ भन्ने हो । अर्को बिषय म नेपालमा ब्राम्हण गुरु वा पन्डित ले दक्षिणा तोकेर हिड्नु हुँदैन भन्ने मान्यता राख्ने व्यक्ती हुं । मेरो आफ्नो अन्य पेशा व्यव्साय नहुँदा भक्त जनले स्वेच्छाले प्रदान गरेको दक्षिणा बाहेक अन्य प्रतिशत तोकेर एउटा पनि कार्यक्रममा म संलग्न भएको कसैले प्रमाण दिन्छ भने म जीवन त्याग गर्न तयार छु ।

यो केबल नेपाली मनलाई विश्वमा जोड्ने अभियान माथिको प्रहार हो । मलाई यस बिषयले आफ्नो कार्यप्रति दत्तचित्त भएर लागी रहने ऊर्जा मिलेको छ । म कसैलाई दोष दिन्न, म आध्यात्मिक व्यक्ती हुं । तर जिम्मेवार सन्चार जगतले बिना प्रमाण कपोल्कल्पित कुरा लेखेर सस्तो बन्ने काम नगर्न
बिनम्र अनुरोध पनि गर्दछु ।

अन्तमा, मैले ६० लाख लिएको कसैले प्रमाण दिन्छ भने म आजै प्राण त्याग गरिदिन्छु, ६० सेकेन्ड यो धर्तीमा रहन्न । यसका लागि रिजवूड महापुराण आयोजक समितिका अध्यक्ष राजेश भट्टजीसँग सम्पर्क गर्नु होला । उहांको यो नम्बर ७१८४०४४५०१ मा सम्पर्क गर्नुहोला । लेखिएको समाचारमा कुनै व्यक्तिको भनाई र नाम छैन । यसले कसैको प्रतिष्ठामा आंच नपुगोस । राज्यले चौथो अंगको दर्जा दिएको जिम्मेवार संचार माध्यम र सन्चारकर्मीको यस्ता विषयमा गम्भिर ध्यान पुगोस् । त्यस्तालाई सद-बुद्धी लागोस र मेरा शुभचिन्तक, आफन्त तथा भक्तजनमा कुनै भ्रम नपरोस ।
नारायण !

दिनबन्धु पोखरेल
काठमान्डौं, नेपाल ।

https://www.facebook.com/enepalese/videos/1503300569756898/

Video Source : Sachchi Mainalee . ENepalese

Leave a Reply

Your email address will not be published. Required fields are marked *