२०८१ वैशाख ७ गते | 19th of April 2024

कांग्रेस जिताउन ने.वि. संघले खटायो केन्द्रिय प्रतिनिधि

खुल्लामन्च
 प्रकाशित: २०७४ भदौ २१ गते १९:०१

काठमान्डौं, नेपाल । असोज २ गते हुने प्रदेश नं. २ को स्थानिय तह निर्वाचनमा मातृ पार्टी काँग्रेस लाई जीताउन २ नं. प्रदेशका महानगर, उपमहानगर, नगर र गाँउपालिका गरी १३६ वटै स्थानीय तहमा ने.वि. संघले केन्द्रिय प्रतिनिधि खटाएको छ ।

प्रदेश न २ को निर्वाचन छेत्रका महानगरपालिका,उपमहानगरपालिका,नगरपालिका र गाउँपालिकामा रहेका स्थानिय मुद्दामा वकालत गरी स्थानीय तहको निर्वाचनमा प्रजातन्त्रिक पार्टि काँग्रेसलाई विजय गराउन घरदैलो लगायत विभिन्न गतिविधि संचालन गर्न केन्द्रिय प्रतिनिधि खटाएको ने.वि. संघले जानकारी गराएको हो ।

ने.वि. संघका केन्द्रिय
अध्यक्ष नैनसिंह महरले प्रजातन्त्रमा बिश्वास गर्ने पार्टी नेपाली काग्रेस एक मात्र पार्टी भएकाले स्थानीय तहका गाउँ,नगरको चुनाब परिचालन तथा प्रचारप्रसारमा प्रतिनिधि खटाईएको जानकारी दिए ।उनले भने,स्थानीय निकायमा हुने विभिन्न समस्याको पहिचान गरि समस्याको सामाधानको निकास खोज्न पार्टिलाई जानकारी गराउने उदेश्य समेत रहेको बताए । अध्यक्ष महरले अब केन्द्रमा मात्र नभई जिल्लामा रहेका हरेक समस्यालाई पहिचान गरि समाधान खोज्न नेबिसघ हरपल जनताको साथमा रहिरहने बताए।

यसैगरी यहि भदौ २४ गतेका दिन परेको वि.पी.कोईरालाको १०३ औ जन्म जयन्ती पनि सवै स्थानिय निकायमा खटीएका केन्द्रिय प्रतिनिधिको सहभागितामा सम्पन्न हुने र स्थानिय तहमै प्रतिनिधि सक्रियताका साथ काम गर्ने निर्देशन दिएको समेत ने.वि. संघले अध्यक्ष महरले बताए ।
चुनावी आभियान संगै नेबिसघले यसअघी बाढीबाट प्रभावित जनता र विशेष गरि विद्यार्थीलाई राहत तथा पाठ्य सामाग्री वितरण अभियान चलाईसकेको छ। ने.वि. संघले हालसम्म बाढीपहिरो बाट प्रभावितका लागि ६२ लाख भन्दा बढीको राहत सामाग्री संकलन गरि वितरण गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *