२०८१ वैशाख १४ गते | 26th of April 2024

सामसुङको दसैँ, तिहार योजना, फोर जी स्मार्टफोन किन्दा ३५ दिनसम्म लगातार उपहार

खुल्लामन्च
 प्रकाशित: २०७४ भदौ २२ गते ४:०८

काठमाडौं, २२ भदौ । सामसुङ मोवाइल कम्पनीले पर्वलाई लक्षित गरेर उपहार योजना ल्याएको छ । कम्पनीले दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै ‘उत्सवको उमंग सामसङसँग परिवार दङ्ग’ योजना ल्याएको हो । यो योजना अन्तर्गत सामसङको हरेक फोर जी स्मार्ट फोन खरिदमा सामसङका विभिन्न सामानको एक सेट होम अप्लाइन्स घर लैजाने अवसर मिल्ने छ ।

भदौ १६ गतेदेखि सुरु भएको योजना कात्तिक १ गतेसम्म रहने सामसुङ नेपालले जनाएको छ । योजना अन्तर्गत भाग्यशाली विजेताको छनौट भदौ २२ गते देखि असोज १० र असोज १८ गतेदेखि कात्तिक १ गतेसम्म छनौट गरिने छ ।
यसरी दैनिक एकजनाका दरले ३५ जना भाग्यशाली व्यक्तिले सामसाङ होम अप्लाइन्सहरु घरलैजाने अवसर पाउने सामसुङले जनाएको छ ।
यस्तो सेटमा ४० इन्चको स्मार्ट टिभी, डबल डोर रेफ्रिजेनेरेटर, पूर्ण अटोमेटिक फ्रन्डलोड बासिङ मेसिन, माइक्रो वेभ ओभन तथा भ्याक्युम क्लिनर रहने छन् ।
यस योजनामा सहभागी हुन मोबाइलको मेसेजमा गई SAMSUNG टाइप गरी स्पेस दिई नयाँ द्धन् मोबाइल सेटको ११ अंकको सिरियल नम्बर राखी ३७७२२ मा पठाउनु पर्छ । एसएमएस पठाइ सकेपछि सिस्टमले दर्ता भएको जानकारी एसएमएसबाटै ग्राहकलाई दिइने छ ।
यसरी दर्ता भएका नम्बरहरुबाट एक जनालाई विजेताका रुपमा छनौट गरिने सामसुङ नेपालले जनाएको छ । लक्की ड्रको प्रक्रियालाई सामसङको आधिकारिक फेसबुक पेज https://www.facebook.com/SamsungMobileNP/ मा बेलुका प्रत्यक्ष प्रसारण गरी देखाइने छ । लक्की ड्रको अतिरिक्त १०० वा १००० को पक्का मोबाइल रिचार्ज पनि प्राप्त हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *