२०८१ वैशाख ७ गते | 19th of April 2024

उत्तर कोरियाली नेता किमजोङको सम्पत्ति फ्रिज गर्ने अमेरिकाको तयारी

खुल्लामन्च
 प्रकाशित: २०७४ भदौ २२ गते ४:१६

एजेन्सी । अमेरिकाले उत्तर कोरियामाथि नयाँ प्रतिबन्ध लगाउने प्रस्ताव गरेको छ । यसमा नेता किम जोङ–उनको सम्पत्ति फ्रिज गर्ने तथा उत्तर कोरियामाथि इन्धन प्रतिबन्ध पनि रहेको छ ।

उत्तर कोरियाले पछिल्लो पटक गरेको हाइड्रोजन बमसहितको परमाणु परीक्षणको प्रतिक्रिया स्वरुप अमेरिकाले नयाँ प्रतिबन्ध लगाउने सम्बन्धी प्रस्ताव संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा पेश गरेको हो । प्रस्तावमा उत्तर कोरियामा इन्धन पठाउन बन्द गर्ने तथा उत्तर कोरियाबाट कपडा निर्यात बन्द गर्ने उल्लेख छ । यस्तै नेता किमको सम्पत्ति फ्रिज गर्ने र उहाँलाई भ्रमण गर्न नपाउने गरी प्रतिबन्ध लगाउने प्रस्ताव पनि गरिएको छ । अमेरिकाले प्रस्ताव गरेको नयाँ प्रतिबन्धलाई रुस र चीनले साथ दिनेमा भने शंका रहेको छ ।

दुवै देशले उत्तर कोरियमा तेल (इन्धन) पठाउँदै आएका छन् । उत्तर कोरियाले गएको आइतबार बिहान गरेको परमाणु परीक्षणका कारण ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको थियो । यो परमाणु बम अहिलेसम्मकै शक्तिशाली रहेको विश्लेषण गरिएको । उत्तर कोरियाले परमाणु परीक्षण गरेपछि सुरक्षा परिषदमा त्यसपछिको अवस्थाका बारेमा छलफल भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *