२०८१ वैशाख ७ गते | 19th of April 2024

एनआरएन अमेरिकाका अध्यक्ष डा. केशव पौडेलद्दारा धन्यवाद ज्ञापन

खुल्लामन्च
 प्रकाशित: २०७४ भदौ २३ गते १६:३०

लस एन्जलस, अमेरिका । एनआरएन, अमेरिकाका दोस्रोपटक नव-निर्वाचित अध्यक्ष डा. केशब पौडेलले निर्वाचनको दौरानमा सहयोग प्रदान गराई यो निर्वाचन एतिहासिक रुपमा सम्पन्न गराउन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको छ । अध्यक्ष डा. पौडेलले एक बक्तब्य प्रकाशित गर्दै निवर्तमान कार्यसमितीका हरेक दु:ख सुखमा सहयोग र साथ दिनुहुने सबैप्रती आभार ब्यक्त गर्नुभएको छ ।

‘सम्पूर्ण गैरआवासीय नेपालीको हित र समस्या समाधानमा असल मनसाय राखी प्रजातान्त्रिक अभ्यास चुनावमा जानु भएका सबै आदरणीय उम्मेदवारहरूलाई हार्दिक आभार प्रकट गर्दै सम्पूर्ण विजेता र सहविजेताहरूलाई हार्दिक बधाई र धन्यवाद दिन चाहन्छु। निर्वाचनको समयमा कसैमाथि गालीगलौज, व्यक्तिगत लाञ्छना, अपमान नगर्न मैले हार्दिक अनुरोध गरेको थिएँ यदि कहीँ, कसैले कुनै बेला त्यस्ता अप्रिय व्यवहार र वचन गरेको भए म एन आर एन अमेरिकाको निवर्तमान कार्य समितिको अध्यक्षको हैसियतले दुख प्रकट गर्दछु ।’ अध्यक्ष डा. पौडेलले जारी गर्नु भएको बक्तब्यमा उल्लेखित छ ।

अध्यक्ष डा. पौडेलले जारी गर्नुभएको वक्तब्य :
अमेरिकाबासी आदरणीय आमाबुवा, दिदीबहिनी तथा दाजुभाईहरू,
सादर नमस्कार,
एनआरएनए अमेरिकाको दीगो निरन्तरता र साँचो एकताको लागि सामाजिक अभियन्ता गौरी जोशी लगायत अन्य ज्ञात अज्ञात एनआरएनहरुको त्याग र उदारता र यहाँहरूको सँस्थाप्रतिको मोह र माया र सँस्थालाई एक ढिक्का बनाउने अथक प्रयास, दवाव र अनुरोधको कारण अन्योल र आशंकाका बाबजूद निर्वाचन भई आज एउटा सक्षम र सवल कार्य समिति यहाँहरूबाट नै चुन्नु भएको छ, त्यसका लागि सम्पूर्ण मतदाता, उम्मेद्वार तथा शुभचिन्तकहरूलाई हार्दिक कृतज्ञता प्रकट गर्दछु। निर्वाचनका हरेक अफ्ठ्यारा चुनौतीहरूलाई अवसरको रूपमा लिई दिनरात खट्नु भएका सम्मान्नित निर्वाचन समिति प्रमुख वन्दिता शर्मा दाहाल, निर्वाचन समिति सदस्यहरु विश्वनाथ वराल, भुवन गुरुंग र अन्जन श्रेष्ठ धन्यवादका पात्र हुनुहुन्छ र उहाँहरूको यो कर्मलाई हामी प्रवासीहरूले सदैव सम्झने छौं। निर्वाचनको प्रचार प्रसार, मतदाताहरूलाई नियमित सुसूचित गराउने सम्पूर्ण पत्रकार मित्रहरु, अनलाईन मेडिया, सामाजिक संजाल र अन्य संचार माध्यमहरुको योगदानलाई मैले भुल्न सक्तिन।एन आर एन अमेरिकाको सवलीकरण, समाजको समुन्नति, प्रवासमा एकतालाई अक्षुण्ण राख्न अग्रज, अभियन्ता र बिभिन्न सामाजिक संघ, सँस्था र सङ्गठनका नेतृत्व र पदाधिकारी र वरिष्ठ व्यक्तित्वहरूको अहम भूमिका रहेको छ त्यसको लागि उहाँहरू सबैलाई हार्दिक नमन गर्दछु।

सामाजिक सँस्थामा जानेहरूले दिन जाने हो लिन जाने हैन, समाजको लागि केही समर्पण गर्न सकौं, सँस्थाको हितमा केही गर्न सकौं भनेर गएका हुन्छन्। अत: समाजले कहिल्यै हार्दैन, सँस्थाले कहिल्यै पराजयको सामना गर्दैन। सँस्थामा जितेर जाने विजेताहरू भन्दा उपविजेताहरूको उपयोगिता झन् बढी हुन्छ। निर्वाचनको दौरानमा कुनै लिस्ट, कुनै समूह र कुनै टीम जानी नजानी बने होलान्, प्रथमत: यो कार्य त्यति राम्रो हैन त्यसैले चुनाबको पहिलो दिन मैले आफूले रोजेको राम्रो व्यक्तिलाई मतदान गर्न मैले सार्वजनिक अपील र अनुरोध समेत गरेको थिएँ। तर अब परिणाम आएपछि त्यहाँ कुनै निर्वाचनको सिलसिलाको टीम वा समूह रहने छैन, त्यस्तो कुनै पनि गूट उपगुट, समूह उपसमूह र टीम, उपटीम रहने छैन। त्यहाँ सीर्फ एनआरएनए अमेरिकाको सिङ्गो समूह रहने छ। हाम्रो नवनिर्वाचित समूह सबैसंग आपसी सरसल्लाह, सहकार्य र समन्वय गर्दै सामुहिक रूपमा एकताबद्ध भई सँस्था र सिंगो समाजको कल्याणमा लाग्ने प्रतिवद्धता व्यक्त गर्दछु।

समाजसेवाको यस अभियानलाई सफल बनाउन सदैव साथ दिने मेरा परिवारजन र विशेष गरि मेरी धर्मपत्नि संगीता पौडेल प्रति अत्यन्त अनुग्रहित छु।

अन्त्यमा, सम्पूर्ण गैरआवासीय नेपालीको हित र समस्या समाधानमा असल मनसाय राखी प्रजातान्त्रिक अभ्यास चुनावमा जानु भएका सबै आदरणीय उम्मेदवारहरूलाई हार्दिक आभार प्रकट गर्दै सम्पूर्ण विजेता र सहविजेताहरूलाई हार्दिक बधाई र धन्यवाद दिन चाहन्छु। निर्वाचनको समयमा कसैमाथि गालीगलौज, व्यक्तिगत लाञ्छना, अपमान नगर्न मैले हार्दिक अनुरोध गरेको थिएँ यदि कहीँ, कसैले कुनै बेला त्यस्ता अप्रिय व्यवहार र वचन गरेको भए म एन आर एन अमेरिकाको निवर्तमान कार्य समितिको अध्यक्षको हैसियतले हार्दिक दुख प्रकट गर्दछु। एन आर एन अमेरिकाको सदस्य, शुभेच्छुक, अभियन्ता र अग्रजहरू कृपया आउनु होस्, स्वदेश र विदेशमा रहेका सम्पूर्ण नेपालीहरूको हितमा र आपतमा सहयोग र समर्पण गर्न एकजुट हौँ, हातेमालो मालो गरौँ, त्यसका लागि यहाँहरू सबैलाई हार्दिक अनुरोध र अपील गर्दछु।
जय एन आर एन

भवदीय,
डा केशव पौडेल
निवर्तमान अध्यक्ष एनआरएनए अमेरिका र निवर्तमान कार्यसमिति
तथा नवनिर्वाचित अध्यक्ष र कार्यसमिति पदाधिकारीहरूको तर्फबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *