२०८१ वैशाख ७ गते | 19th of April 2024

मेक्सिको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९० पुग्यो

खुल्लामन्च
 प्रकाशित: २०७४ भदौ २५ गते १६:४२

मेक्सिकोमा गएको ८.१ म्याग्निच्युडको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ९० पुगेको सरकारका प्रवक्ताले आइतबार जनाएका छन् ।  मेक्सिकोको दक्षिणी तटीय क्षेत्रमा बिहीवार गएको शक्तिशाली भूकम्पपछि भग्नावशेषमा फसेका मानिसहरुको उद्धार कार्य जारी रहेको र आइतबारसम्म ९० जनाको मृत्यु भएको उनले बताए ।

मृत्यु भएकामध्ये ७१ जना वहाका राज्यमा रहेको छन्भने अन्य केही ठाउँमा पनि मानिसहरु फसेका बताइएको छ । भूकम्पबाट नराम्ररी प्रभावित टाबास्को, वाहाका र चिआपस राज्यमा उद्धार कार्यलाई अहिले केन्द्रित गरिएको सरकारी अधिकारीले बताएका छन् । आपतकालीन सहायता सामाग्री र उद्धार कार्यमा प्रयोग गरिने कुकुरसहित अतिरिक्त प्रहरीलाई अति प्रभावित फुचितान शहरमा परिचालन गरिएको छ ।

अधिकारीहरुका अनुसार भूकम्पमा परी करिब २०० मानिसहरु घाइते भएका छन् । राष्ट्रपति एनरिके पेन्या निएटोले भूकम्पमा परी ज्यान गुमाउनेहरुको सम्झनामा राष्ट्रिय शोकको घोषणा गर्नुभएको छ । सन् २०१५ को सेप्टेम्बरयता विश्वमा गएको शक्तिशाली भूकम्पको धक्का एक मिनेटसम्म महशुस गरिएका र थियो यो सबैभन्दा शक्तिशाली भूकम्प भएको अमेरिकी भूगर्भ केन्द्रले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *