२०८१ वैशाख ११ गते | 23rd of April 2024

हजुरबाले मेलापातमा माया लाउथे, अहिले हाम्रो पलामा माया लाउन इजि भाको छ

खुल्लामन्च
 प्रकाशित: २०७४ भदौ २७ गते १४:५८

हजुरबाको पालमा माया लगाउन निकै गाह्रो थियो । मेलापातमा गएको बेला माया लगाउने चलन थियो । त्यो चलन विस्तारै बाबुको पालामा आउदा रोधीमा गीत गाएर माया लगाउने चलन आयो । अहिले त्यो पनि हटेर हाम्रा पालामा माया लगाउन निकै इजि भएको छ । त्यसैले त होला हाम्रा पालका युवायुवतीको माया लगाउने तरिका सामाजिक सञ्जाल फेसबुक बनेको । त्यसैले युवायुवतीहरु फेसबुकमा नै विजी देखिन्छन । यही प्रसंग जोडदै छन पोखरेली गायक योङजङ लामा । याङजङले पुराना पुस्तादेखि नयाँ पुस्तासम्मलाई लक्षित गरेर पुराना पुस्तादेखि नयाँ पुस्तासम्मको माया लगाउने तरिकाको बारेमा गीत मार्पmत चित्रण गरेका छन ।

योङजंग लामाको स्वरमा रहेको फेसबुक च्याटमा बोलको गीत यतिबेला सार्वजनिक भएको छ । शुशिला पौडेलको शब्द रचना रहेको उक्त गीतलाई दिपक शर्माले संगीत भरेका छन । उदयराज पौडेलको एरेन्ज रहेको उक्त गीतको म्युजिक भिडियो यतिवेला चर्चाको विषय बनेको छ । म्युजिक भिडियो पनि निकै आकर्षक बनेको छ । कोरियोग्राफर निर्देशन, क्यामरा र सम्पादनको राम्रो संगम भएको भिडियोमा देखिन्छ । भिडियोमा अधिकांश पोखराको सिन देखाइ आकर्षक सिनहरु देखाइएको छ ।

https://www.youtube.com/watch?time_continue=37&v=Hc4twOpKcLQ

बासु न्यौपानेले कोरियोग्राफ रहेको भिडियोलाई सोम कुस्कुमाझीले निर्देशन गरेका हुन । भ्युजिक भिडियोमा योङजङ, विनिता, चन्द्र र निशाले अभिनय गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *