२०८१ वैशाख १२ गते | 24th of April 2024

गायक सुमितको ‘स्वदेश र सपना’ सार्वजनिक

खुल्लामन्च
 प्रकाशित: २०७४ भदौ ३१ गते १६:१०

 

काठमाडौ ३१ भदौ । गायक सुमित खड्काको राष्ट्रिय गीतको संगालो गीति एल्बम ‘स्वदेश र सपना’ सार्वजनिक गरिएको छ । विमोचन समारोहमा नेपाली चलचित्र माइतीघरका नायक–नायिका सिपी लोहनी र माला सिन्हा, गीतकार रत्न शमसेर थापा, गायक प्रेमध्वज प्रधान, गीतकार किरण खरेल, गीतकार शङ्कर कोइराला, डा। विमल कोइराला लगायतले उपस्थिती रहेको थियो ।
कार्यक्रममा गायक खड्काले एल्बममा समावेश राष्ट्रिय गीतहरू प्रस्तुत गरेका थिए ।

दुई दशकदेखि नेपाली गीत सङ्गीतमा समर्पित गायक सुमित खड्का, गीतकार चूडामणी देवकोटा र वरिष्ठ सङ्गीतकार शक्ति वल्भबको सङ्गीत रहेको ‘स्वदेश र सपना’ एल्बममा राष्ट्रिय भावनाले ओतप्रोत भएका पाँच ओटा गीतहरू रहेका छन् । ‘स्वदेश र सपना’ का गीतहरुले नेपाली गीत सङ्गीतमा छुट्टै पहिचान स्थापित गर्ने अपेक्षा राखेको गायक खड्काले बताए । सयभन्दा बढी राष्ट्रिय गीत गाइसकेका गायक खड्काको ‘स्वदेश र सपना’ राष्ट्रिय गीतहरुको छैटौँ एल्बम हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *